कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

एक वर्षमा पाैने ८ अर्बकाे अलैँची निर्यात

५० प्रतिशत उत्पादन घटेपनि मूल्य बढेका कारण निर्यात मूल्यमा ४ प्रतिशत मात्रै असर
सीमा तामाङ

काठमाडौँ — भन्सार विभागका अनुसार गत आर्थिक वर्ष ७ अर्ब ९४ करोड ९ लाख ६४ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ । विभागका अनुसार ५० लाख १८ हजार ३३५ किलो अलैँची निर्यात भएको हो । अघिल्लो वर्षको तुलनामा निर्यात मूल्य ४ प्रतिशत र परिमाणका आधारमा ५० प्रतिशतले घटेकाे विभागकाे तथ्यांक छ ।

एक वर्षमा पाैने ८ अर्बकाे अलैँची निर्यात

गत आर्थिक वर्ष ८ अर्ब २७ करोड ६८ लाख रुपैयाँ बराबरको ९९ लाख ९१ हजार १४९ किलो अलैंची निर्यात गरेको थियो  ।

नेपाली अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले अघिल्लो वर्षको तुलनामा गतवर्ष अलैंची उत्पादन ५० प्रतिशतले घटेको तर मूल्य वृद्धि भएका कारण निर्यात मूल्यमा भने ठूलो असर नपरेको बताए ।

‘उत्पादन ५० प्रतिशतले घट्यो, त्यसैले अलैंचीको परिमाण पनि स्वाट्टै घट्यो । तर मूल्यवृद्धि भएकाले निर्यात मूल्य थाेरै मात्र घट्याे,’ उनले भने ।

Made with Flourish

गत वर्ष प्रतिमन ६० हजार रुपैयाँमा कारोबार भएको अलैंची यस वर्ष ९० हजार रुपैयाँमा कारोबार भएको भट्टराईले बताए । उत्पादन घटे पनि मूल्य बढेकाले अलैंचीको निर्यात मूल्यमा खासै असर नपरेको उनको भनाइ छ । यद्यपि अलैंची उत्पादन नघटेको भए यस वष १२ अर्ब रुपैयाँसम्मको अलैंची निर्यात हुने महासंघकाे आकंलन थियाे ।

पछिल्ला दुई वर्षदेखि समयमा पानी नपर्ने, नचाहिने बेला पानी पर्नेलगायत विविध कारण अलैंची उत्पादन घटिरहेको महासंघले जनाएको छ । ‘अलैंचीका लागि माघ र फागुनमा पानी पर्नुपर्थ्यो । तर यसपालि चैतमा पानी पर्‍यो । सुक्खायामका कारण अलैंचीका बोट पनि मरे,’ उनले भने, ‘यसपालि ५० प्रतिशत अलैंची उत्पादन घटेको थियो । त्यसैले अब थप २० देखि २५ प्रतिशत उत्पादन घट्छ ।’

प्रकाशित : श्रावण ९, २०८१ १५:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×