कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने बजेट आउँछ : अर्थमन्त्री पुन

काठमाडौँ — सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राम्रो आएको अर्थमन्त्री वर्षमान पुनले बताएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसद्मा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि मन्त्री पुनले बजेटले नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी आउने बताए ।

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने बजेट आउँछ : अर्थमन्त्री पुन

नीति तथा कार्यक्रमबारे मन्त्री पुनले आगामी दिनमा विगतमा झैं नीति तथा कार्यक्रमलाई कार्यान्वयनमा नलैजाने बजेट नआउने स्पष्ट पारे । 'विगतमा नीति तथा कार्यक्रम र बजेटको तालमेल मिलेन भन्ने गुनासो आउँथ्यो यसपटक त्यस्तो हुँदैन,' अर्थमन्त्री पुनले भने, 'अहिले नीति तथा कार्यक्रम जे आएको छ, राम्रो आएको छ । यसैलाई समर्थन गर्ने गरी बजेट आउँछ र त्यो बजेटमार्फत यसको कार्यान्वयन हुन्छ ।'

महिला, कृषक, युवालक्षित नीति तथा कार्यक्रम आएको मन्त्री पुनको भनाइ थियो ।

प्रकाशित : जेष्ठ १, २०८१ १९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×