कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

इन्टरनेट सेवा प्रदायकलाई आपसमा गाभिन प्रोत्साहन गरिने

काठमाडौँ — टेलिभजन, एफएम रेडियोसँगै इन्टरनेट सेवा प्रदायकलाई एकआपसमा गाभिन सरकारले प्रोत्साहन गर्ने नीति अवलम्बनको घोषणा गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले टेलिभजन, एफएम र इन्टरनेट सेवा प्रदायकलाई एकआपसमा गाभिन प्रोत्साहन गरिनेबारे जानकारी दिए ।

इन्टरनेट सेवा प्रदायकलाई आपसमा गाभिन प्रोत्साहन गरिने

‘टेलिभजन तथा एफएम र इन्टरनेट सेवा प्रदायकलाई एकआपसमा गाभिन, हक हस्तान्तरण गर्न र स्थानान्तरण हुन प्रोत्साहन गरिनेछ,’ उनले भने । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार हाल इन्टरनेट सेवा प्रदायकको संख्या १२८ वटा छ । यीमध्ये ११ वटाले इन्टरनेसनल ब्यान्डविथ नेपालमा भित्र्याउने गरेका छन् । तारसहितको फिक्स्ड ब्रोडब्यान्ड सेवाको पेनिट्रेसन ४३.२३ प्रतिशत छ ।

राष्ट्रपती पौडेलले आमसञ्चार क्षेत्रको व्यवसायिक विकासका लागि नीतिगत कानुनी र संरचनागत सुधार गरिने बताए । ‘सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित र व्यवस्थित तुल्याइनेछ,’ उनले भने, ‘मिडिया साक्षरता अभियान सञ्चालन गरिनेछ ।’ सबै प्रदेशमा सञ्चार ग्राम निर्माण गरिने उनले बताए ।

प्रकाशित : जेष्ठ १, २०८१ १७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१८ महिना सरकारको नेतृत्व गरेर सत्ता बहिर्गमन भएको माओवादीलाई तपाईंको के सुझाव छ ?

×