कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

तीन वर्षदेखि सल्यान जिल्ला अस्पतालमा थन्कियो भेन्टिलेटर

सल्यान — दक्ष जनशक्ति व्यवस्थापन हुन नसक्दा जिल्ला अस्पतालमा एक करोड बढी खर्चेर किनेको भेन्टिलेटर मेसिन तीन वर्षदेखि थन्किएको छ । कर्णाली प्रदेश सरकारले भेन्टिलेटर सञ्चालनका लागि तालिम प्राप्त दक्ष डाक्टर, स्वास्थ्यकर्मी व्यवस्थापन नगर्दा तीन वर्षदेखि सेवा सञ्चालन गर्न नसकिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढामगरले बताए ।

तीन वर्षदेखि सल्यान जिल्ला अस्पतालमा थन्कियो भेन्टिलेटर

भेन्टिलेटर सञ्चालनका लागि कुनै चासो नदेखाएपछि मेसिन बिग्रने अवस्था आएको छ ।

कर्णाली प्रदेश सरकारले २०७६/०७७ मा २ करोड ५८ लाख बजेटबाट ६ शैय्याको भेन्टिलेटर र १४ शैय्याको आईसीयू सञ्चालन गर्नको लागि मेसिन तथा बेड खरिद गरेको थियो । आईसियू सेवा सञ्चालन नभए पनि बेड भने प्रयोगमा आइरहेको उनले बताए । उनले भने, ‘भेन्टिलेटर सेवा सञ्चालनका लागि विशेषज्ञ डाक्टरसहितको दक्ष टिम चाहिन्छ । दक्ष जनशक्ति भए आईसीयू सञ्चालनमा ल्याउन सकिन्छ । अहिलेसम्म आईसीयू सञ्चालनमा ल्याउन सकिएको छैन कसरी भेन्टिलेटर सेवा सञ्चालन गर्नु ? खरिद गरेका उपकरण प्रयोगमा आउन नसकी थन्किएका हुन् ।’

२०४४ सालमा स्थापना भएको १५ शैय्याको अस्पताल अहिलेसम्म स्तरोन्नति हुन सकेको छैन । अस्पतालले आफ्नै प्रयासले अहिले ४० शैय्याको व्यवस्था गरेर विरामीलाई सेवा दिँदै आएको छ । अस्पतालका एमडिजिपी डा. अभिषेक सिंहले आईसीयू तथा भेन्टिलेटर सेवा सञ्चालनमा ल्याउन नसक्दा गम्भीर खालका विरामीलाई नेपालगन्ज पठाउनु पर्ने बाध्यता रहेको बताए । अस्पताल विकास समितिका अध्यक्ष प्रमोद श्रेष्ठले जनशक्ति व्यवस्थापन र भवन बनिसकेको ब्लड बैंक सञ्चालनको पहल भइरहेको बताए ।



प्रकाशित : जेष्ठ ६, २०८१ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×