कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

भारतीय लोकसभा चुनाव : पाँचौँ चरणअन्तर्गत ४९ सिटमा मतदान हुँदै

काठमाडौँ — भारतीय लोकसभा चुनावअन्तर्गत पाँचौँ चरणको मतदान भइरहेको छ । सोमबार बिहान ७ बजेदेखि ६ राज्य तथा २ केन्द्रशासित प्रदेशका ४९ सिटमा मतदान सुरु भएको हो । 

भारतीय लोकसभा चुनाव : पाँचौँ चरणअन्तर्गत ४९ सिटमा मतदान हुँदै

पाँचौँ चरणअन्तर्गतको मतदानमा कांग्रेस नेता राहुल गान्धी, रक्षामन्त्री राजनाथ सिंह, केन्द्रीय मन्त्री स्मृति इरानी, जम्मू-कश्मीरका पूर्वमुख्यमन्त्री उमर अब्दुल्लाहलगायत ६९५ उम्मेदवार चुनावी मैदानमा रहेका छन् । पाँचौँ चरणअन्तर्गत बिहार, झारखण्ड, महाराष्ट्र, ओडिशा, उत्तर प्रदेश, पश्चिम बंगाल, जम्मू-कश्मीर र लद्दाखमा मतदान भइरहेको छ ।

सोमबार राहुल गान्धीको उम्मेदवार बनेको उत्तर प्रदेशको रायबरेली क्षेत्रमा समेत मतदान भइरहेको छ । त्यस्तै केन्द्रीय मन्त्री इरानीको क्षेत्र अमेठीमा पनि आजै चुनाव भइरहेको छ । भारतमा छैटौँ चरणको मतदान २५ मेमा र १ जुनमा सातौँ चरणको मतदान हुनेछ । चुनावको नतिजा भने ४ जुनमा आउनेछ ।

प्रकाशित : जेष्ठ ७, २०८१ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×