२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०
गिरीबन्धु जग्गा प्रकरण

गिरीबन्धु टि-स्टेटबारे ओलीलाई देउवाको प्रश्न : आफैंले गरेको कुरा हो भन्न किन आपत्ति ?

जेष्ठ ३, २०८१

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरिबन्धु टि-स्टेटको जग्गा बिक्री नेपाली कांग्रेसको पालामा नभएको बताएका छन् ।...

गिरीबन्धुको २ सय ५२ बिघा जमिन किनबेचका लागि सात वर्षअघि नै कागज

गिरीबन्धु चिया बगानको झन्डै ३ सय ४० बिघामध्ये २ सय ५२ बिघा जमिन किनबेचबारे गिरीबन्धु पक्षधर र स्थानीय चार जनाबीच २०७३ पुस २८ मै करारनामा कागज भइसकेको पाइएको छ । भूमिसम्बन्धी ऐन २०२१ अनुसार, हदबन्दीभन्दा माथिको जग्गा बिक्रीवितरण वा सट्टापट्टा गर्न नहुने व्यवस्था गरेकामा भूमाफिया तथा विक्रेताको सञ्जालको बलमा यो ऐन तथा नियमावलीलाई हेरफेर गराएर २०७८ सालमा ‘जग्गा सट्टापट्टा वा स्थानान्तरण गर्न सकिने’ प्रबन्ध तय भएको थियो ।

गिरीबन्धु बगानको ३४० बिघामाथि ‘चलखेल’

पूर्व–पश्चिम राजमार्गको बिर्तामोड–चारआली खण्ड वारपार देखिने गिरीबन्धु टि–इस्टेटमा हदबन्दीको प्रबन्ध खुला गर्दै जग्गा सट्टाभर्ना र बिक्रीवितरण गरिने भनेर प्रारम्भिक सूचना सार्वजनिक हुनासाथै ५० करोड बराबरको जग्गा बिक्री–बैना भइसकेको पाइएको छ ।

गिरीबन्धु टि स्टेट, वाइडबडी, यती र ओम्‍नीको छानबिन गर्न सरकारलाई ओलीको चुनौती

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टि स्टेट, वाइडबडी, यती होल्डिङ्स र ओम्नी जस्ता ठूला भ्रष्टाचार प्रकरणमा छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् ।

गिरीबन्धु टिस्ट‍ेट जग्गा प्रकरणमा पनि छानबिन गरियोस् : सांसद खतिवडा

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गिरीबन्धु टिस्टेटको जग्गा प्रकरणमा छानबिन हुनुपर्ने माग गरेका छन् । उनले अहिले ललिता निवास जग्गा प्रकरण अनुसन्धानको क्रममा रहेको भन्दै त्योभन्दा ठूलो जग्गा हिनामिनाको काण्ड पनि चर्चामा आएको बताए । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद खतिवडाले गिरीबन्धुको १५७ बिघा जग्गामा व्यक्तिले स्वार्थ साँधेर हिनामिना गरेको आरोप लगाए ।