२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७५

यादवलाई राईको जवाफ - 'अदालतको ढोका सबैका लागि खुला छ'

काठमाडौँ — विदेश रहेको बेला आफू नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल फुटेर नयाँ दल जनता समाजवादी पार्टी गठन गरिएको र त्यो संविधान तथा कानुन विरुद्ध रहेको भन्दै उपेन्द्र यादवले अदालत जाने चेतावनी दिएका छन् । नयाँ दल जसपाका अध्यक्ष अशोक राईले भने अदालतको ढोका सबैका लागि खुला रहेको जवाफ दिएका छन् । 

यादवलाई राईको जवाफ - 'अदालतको ढोका सबैका लागि खुला छ'

नयाँ दल गठन भएपछि राईले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संविधान र कानुन सम्मत पार्टी गठन गरिएको बताए । पार्टीमा यादवले एकलौटी गरेको र भविष्यमा नेताहरूलाई बेवास्ता गरी पार्टीको जिम्मेवारीबाट बाहिर निकाल्ने तयारीमा लागेपछि पार्टी विभाजन गर्नुपरेको राईको भनाइ थियो ।

यादवले नयाँ दल दर्ताविरुद्ध अदालत जाने घोषणा गरिसकेको विषयमा सोधिएको प्रश्नमा राईले भने, 'अदालतको ढोका सबैका लागि खुला छ । हाम्रो पार्टी अनियमिति, गैरसंवैधाानिक, गैरकानुनी ढंगले दर्ताको प्रयत्न भएको होइन । निर्वाचन आयोगले वकिलहरूको, कानुनविदहरूको बहस छलफल समेत गराएको हो । उहाँहरू जान सक्नुहुन्छ, अदालतको ढोका सबैका लागि खुला छ । संविधानसम्मत ढंगले नै दर्ता भएको पार्टीलाई अन्यथा हुने अवस्था होइन ।'

पार्टी महासचिव मोहम्मद इस्तियाक राईले पार्टी कमिटीले गरेका निर्णय यादवले अस्वीकार गर्दा समस्या आएको र पार्टी विभाजनसम्म पुगिएको बताए । उनले यादवले अन्य पदाधिकारीको सहअस्तित्व स्वीकार नै नगरेको अवस्थामा र सैद्धान्तिक तथा सांगठनिक समस्या हुँदा अहिलेको स्थिति आउको बताए ।

संघीय संरचनामा रहेको मुलुकमा जसपा, नेपाललाई एक क्षेत्रको पार्टीमा रुपान्तरण गर्न यादव लागेपछि आफूहरूले विद्रोह गर्नुपरेको राईको भनाइ थियो । यादवले संगठनात्मक सिद्धान्त विपरीत व्यक्तिगत रूपमा चल्ने, आन्तरिक लोकतन्त्रको अभ्यास नगर्ने, जिल्ला र प्रदेश समितिहरूलाई अधिकारविहीन बनाउने र विघटन गर्ने लगायतका कार्य गरेकाले पार्टीमा समस्या आएको राईको भनाइ थियो ।

प्रकाशित : वैशाख २७, २०८१ १५:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?