कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२५

कालै गाउँमा सुविधायुक्त प्रसूति गृह र विद्यालय भवन निर्माण 

मुगु — सोरु गाउँपालिका–९ कालैमा सुविधायुक्त प्रसूति गृह र विद्यालय भवन निर्माण गरिएको छ । ब्याटु लाइफ र इबी जर्मनीको आर्थिक तथा  प्राविधिक र कर्णाली सामुदायिक विकास केन्द्रको समन्वय साझेदारीमा गर्भवती महिलाको निम्ति सुविधायुक्त पक्की प्रसुति गृह र तलि कालैमा मष्टा आधारभूत विद्यालय भवन बनेपछि कालैबासी मुहारमा खुसी छाएको छ । 

कालै गाउँमा सुविधायुक्त प्रसूति गृह र विद्यालय भवन निर्माण 

दुइ तले चार कोठे विद्यालय भवन निर्माणको लागि ६२ लाख ८५ हजार र प्रसूतिगृह भवन निर्माणमा ६५ लाख १० हजार लागतमा दुई वटै भवन निर्माण गरी समुदायलाई हस्तान्त्रण गरिएको छ ।

प्रसूति गृह बनेपछि कालै गाउँका करिव ३ सय ५० घरधुरीका गर्भवती महिलालाई सुत्केरी गराउन सहज हुने प्रसूति गृहकी इर्न्चाज कमला रावलले बताइन् । उनले भनिन्, 'जीर्ण भवनमा प्रसूति सेवा प्रदान गर्दै आएका थियौँ ।' मष्टा आधारभूत विद्यालयको नयाँ भवन बनेपछि अध्ययनरत ८९ जना विद्यार्थीलाई पढन सहज भएको शिक्षकको भनाई छ ।

रुखको छहारी मुनी बसेर पढदै आएका तलि कालै गाउँका विद्यार्थी अहिले नयाँ भवन भित्र बसेर पढन पाउने भएका छन ।

कालैबासीको आबश्यकता पहिचान गरि सुबिधायुक्त प्रसूति गृह भवन र विद्यालय भवन निर्माण गर्ने ब्याक टु लाइफ र साँझेदारी संस्था कर्णाली सामुदायिक बिकास केन्द्रलाई गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले धन्यबाद दिएका छन् । अध्यक्ष शाहीले आगामी दिनमा पनि समुदायको आबश्यकतालाई ध्यानमा राखेर काम गर्न संस्थालाई आग्रह गरेका छन् ।

समुदायको बढी आवश्यकता र मागमा आधारित रहेर विद्यालय भवन प्रसूति गृह लगायत बिकास निर्माणका कामलाई प्राथमिकता दिँदै आएको कर्णाली सामुदायिक बिकास केन्द्रकी अध्यक्ष संगीता मल्ल शाहीको भनाइ छ । उनले भनिन्, 'समुदायमा काम गर्ने कुनै पनि गैरसरकारी निकायलाई स्थानीय तहले हौसला दिनुपर्छ ।'

प्रकाशित : चैत्र २३, २०८० १४:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?