कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

अपूरो केन्द्रीय कमिटी चयन गर्दै सकियो एकीकृत समाजवादीको महाधिवेशन

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी)को महाधिवेशन अपूरो केन्द्रीय कमिटी चयन गर्दै सकिएको छ । महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहित ९३ केन्द्रीय सदस्य चयन गरेको हो ।

अपूरो केन्द्रीय कमिटी चयन गर्दै सकियो एकीकृत समाजवादीको महाधिवेशन

केन्द्रीय कमिटी २ सय ९९ र २१ पदाधिकारी चयन गर्नुपर्नेमा ३ पदाधिकारी ९३ केन्द्रीय सदस्यको मात्र टुंगो लागेको छ । बन्दसत्रमा पेस भएका ९३ जना केन्द्रीय सदस्यहरुले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । शुक्रबार काठमाडौंमा ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गर्दै सबै सदस्यहरुले पद तथा गोपनियताको शपथग्रहण गरेका थिए ।

पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष, उपमहासचिव, सचिवका साथै केन्द्रीय सदस्यमा पदभन्दा बढी नेता आकांक्षी भएपछि सहमति हुन नसकेको हो । केन्द्रीय कमिटी बैठकले पदाधिकारी र केन्द्रीय सदस्यको टुंगो लगाउने निर्णय भएको छ ।

‘पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षी बढी भएकाले मिलाउन बाँकी छ,’ नेता बेदुराम भुसालले भने, ‘अब नयाँ केन्द्रीय कमिटी बैठकले टुंगो लगाउने छ ।’ वरिष्ठ उपाध्यक्ष, उमहासचिव र सचिवमा १९ सहित २ सय ६ केन्द्रीय सदस्य चयन गर्नुपर्ने छ ।

टुंगो लागेका केन्द्रीय कमिटीका सदस्यहरुलाई निर्वाचन विभाग आयोग प्रमुख माधव पौडेलले शपथग्रहण गराए । २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था गरेको एकीकृत समाजवादीले बाँकी सदस्य आगामी १० दिनभित्र पूर्णता दिने बताएको छ ।

महाधिवेशनले पार्टीको अध्यक्ष नेपाल, सम्मानित नेता खनाल र महासचिवमा भुसाललाई बिहीबार चयन गरिसकेको छ ।

प्रकाशित : असार २१, २०८१ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×