कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

कर्णालीको बजेट प्रदेशसभाबाट पारित

तृप्ति शाही

वीरेन्द्रनगर — कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि ल्याएको बजेट सर्वसम्मत पारित भएको छ ।

कर्णालीको बजेट प्रदेशसभाबाट पारित

शुक्रबारको प्रदेशसभा बैठकमा बजेट पारित भएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले बताए । प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि कूल ३१ अर्ब ४१ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो । जसमध्ये पुँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार अर्थात् ५९.७ प्रतिशत र चालुतर्फ ७ अर्ब ५७ करोड ५५ लाख अर्थात् २४.१२ प्रतिशत छ ।

यसअघि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बजेटमाथि असन्तुष्टि जनाउँदै संसद्‌समेत अवरुद्ध गर्दै आएको थियो । कांग्रेसले लगातार संसद् अवरुद्ध गरेपछि सरकारले ९ बुँदे सम्झौता गरेको थियो । सम्झौतापछि मन्त्रालयगत बजेटमाथि छलफल भएको थियो ।


प्रकाशित : असार २१, २०८१ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×