कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६५

एभरेष्ट महिला भलिबल लिग हुने

रासस

काठमाडौँ — नेपाल भलिबल संघले इन्फिनिटी ड्रिम्स प्रालिलाई ''एभरेष्ट महिला भलिबल लिग' सञ्चालन गर्न अनुमति दिएको छ । 

एभरेष्ट महिला भलिबल लिग हुने

काठमाडौंमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाल भलिबल संघका अध्यक्ष जीतेन्द्रबाहदुर चन्द र इन्फिनिटी ड्रिम्स प्रालिका प्रबन्ध निर्देशक आमिर अख्तरबीच उक्त प्रतियोगिता सञ्चालन गर्ने विषयबारे सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार ड्रिम्सले ६ टोलीबीच फ्रेन्चाइज भलिबल लिग गराउने प्रालिका निर्देशक अख्तरले बताए ।

उनले भलिबलमार्फत महिला खेलाडीलाई सशक्तिकरण गर्नुका साथै भलिबल खेलको विकास र विस्तारमा सहयोग पुर्‍याउने बताए । सो सम्झौता सात वर्षका लागि गरिएको हो ।

अध्यक्ष चन्दले इन्फिनिटी ड्रिम्सले गरेको सहयोगले भलिबल खेललाई व्यावसायिक रुपमा अघि बढाउन सहयोग पुग्ने बताए । लिगका माध्यमबाट खेलाडीलाई भलिबल खेलप्रति आकर्षित गर्न र अन्तर्राष्टियस्तरका प्रतियोगितामा खेल प्रदर्शन गर्न सहज हुने उहाँले विश्वास व्यक्त गरे । लिग सुरु हुने समय भने पछि तय गरिने संघले जनाएको छ ।

प्रकाशित : असार २१, २०८१ १८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×