कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५३

महामन्त्री ढकाल भन्छन् : रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का महामन्त्री मुकुल ढकालले सार्वजनिक रूपमा नै पार्टी निर्माणको प्रक्रिया जनतामा प्रस्तुत गर्नुपर्ने बताएका छन् । ३८ जिल्ला पुगेर प्रतिवेदन तयार पारेका महामन्त्री ढकालले पार्टी निर्माणमा बौद्धिक नागरिक समाजको सहयोग खुलेर लिन पर्ने बताएका छन् ।

महामन्त्री ढकाल भन्छन् : रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं

बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठक लाइभ नगरिएको भन्दै महामन्त्री ढकालले मुखमा कालो टेप बाँधेर विरोधसमेत जनाएका थिए । उनले पार्टीको आगामी कार्यदिशा निर्माणका लागि घोटिनुपर्ने पनि बताएका छन् ।

ढकालले भनेका छन्, 'आजका दिनसम्म पार्टीको सर्वोच्च निकाय केन्द्रीय समिति नै भएकाले यही केन्द्रीय समितिले निर्णय गरिदेओस्, आगामी कार्यदिशा निर्माणका लागी हामी घोटिऔं । आशाको दियोलाई फेरि बालौं ।'

त्यस्तै पार्टी सभापति रवि लामिछानेमा मात्रै केन्द्रित भएको पनि उनको आरोप छ । उनले थप लेखेका छन्, 'राष्ट्रिय स्वतन्त्र पार्टीलाई अबको १०० दिनमा राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं, रविको पार्टी होइन । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पनि रवि लामिछानेलाई नै बनाऔं तर पार्टीलाई रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं ।'

प्रकाशित : असार १९, २०८१ १३:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×