कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५४

रविलाई मुकुलको प्रश्न : 'सच्चिने कि...? भो ! अर्को शब्द नबोलौैं'

'सच्चिऔं । मैले म चै नसच्चिने, तपाईंहरू मात्र सच्चिने भनेकै छैन । मैले खालि सच्चिनुअघि केही गल्तीहरू गरेँ होला । म पनि सच्चिने, तपाईं पनि सच्चिने र सभापति पनि सच्चिने । किनकि प्रश्न आइसक्यो ? सच्चिने कि.... ? भो अर्को शब्द नबोलौं होला'

काठमाडौँ — रास्वपाका महामन्त्री मुकुल ढकालले रवि लामिछानेको कार्यशैलीमाथि प्रश्न गर्दै यसलाई नसच्चाउने हो भने सक्किने जनाउ घण्टी देखाएका छन् । पार्टीको केन्द्रीय समिति बैठक चलिरहँदा उनले सार्वजनिक गरिरहेको एक दस्तावेजमा ढकालले लामिछानेलाई सच्चिने कि...... !  भन्ने उल्लेख छ ।

रविलाई मुकुलको प्रश्न : 'सच्चिने कि...? भो ! अर्को शब्द नबोलौैं'

'मेरा कुराहरू सुनेर सभापतिज्यू, केन्द्रीय सदस्य ज्यूहरू कोही पनि नरिसाउनु होला । सच्चिऔं । मैले म चै नसच्चिने, तपाईंहरू मात्र सच्चिने भनेकै छैन । मैले खालि सच्चिनुअघि केही गल्तीहरू गरेँ होला । म पनि सच्चिने, तपाईं पनि सच्चिने र सभापति पनि सच्चिने । किनकि प्रश्न आइसक्यो ? सच्चिने कि.... ? भो अर्को शब्द नबोलौं होला' ढकालले भनेका छन् ।

कांग्रेस, एमाले, माओवादीको पछि लागेको भन्दै पार्टी सभापति रवि लामिछानेलेमाथि प्रश्न उठाएका छन् । 'सभापतिज्यू, झिँगासँग उडियो भने '...'मा पुगिन्छ । मौरीसँग उड्यो भने 'मह' मा पुगिन्छ । मलाई मौरीसँग उड्न मन छ, झिँगासँग होइन । हजुर पनि झिँगासँग उड्न थालेको हो कि, त्यस्तो आभास हुन थालेको छ । मौरीसँग उडौं, जनतालाई मह खुवाऔं' उनले भनेका छन् ।

उनले शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहालसँग निरन्तरका तस्बिरहरू आइरहेको भन्दै अब उनीहरूसँगै दाँजेर लामिछानेलाई को कति ठीक भन्ने बेला आइसकेको बताए ।

'सभापतिलाई देउवा, ओली र प्रचण्डसँग दाँजेर को कति ठीक ? को कता ठीक ? भन्ने बेला भइसक्यो । मेरो चाहना त दाँज्ने तहको नहोस् भनेको, धेरैमाथि हुनपर्छ सभापति ज्यू, दाँजिने तहमा होइन । राजनेता बन्नपर्‍यो सभापति ज्यू, नेता मात्र बनेर पुगेन । तपाईंको गाडीको सिसा कालो भइसक्यो, सभापतिज्यू, समीक्षा गर्नुहोस्' उनले भने । उनले आज आफूलाई आफ्नो पक्षमा कति जना हुन्छन् भन्ने कुरा गौण रहेको तर लोकतान्त्रिक मूल्य मान्यता र सत्य असत्यको कुरा भने रहेको उल्लेख गरे ।

म देश घुम्न चाहन्छु, सभापति ज्यू, म जनतासँग बस्न चाहन्छु । म कार्तिकेय बन्छु तर गणेश बन्दिनँ । तपाईंको इच्छा, गणेशलाई पहिलो मान्नु हुन्छ वा कार्तिकेयलाई ? महामन्त्री ढकालले भनेका छन्,' सभापतिज्यू, तपाईंले बोलेका सबैको कुराको रेकर्ड राखेर उत्तर दिन पर्‍यो । राजनीतिमा आएपछि बोलेका सबै कुराहरू । यहि केन्द्रीय समितिबाट एउटा उपसमिति बनाऔं, ती बोलिहरुको अभिलेखिकरणका लागि । अरूले बोलेका कुराहरू मलाई मतलब छैन, मलाई तपाईंले बोलेका कुराहरू मतलब छन् । हिजो किन बोल्नु भयो ? बोलेका कुराहरू कहिले पूरा गर्नुहुन्छ, टाइमफ्रेम चाहियो । रिजल्ट चाहियो । र अनुरोध छ, अबका दिनमा काम गरेपछि मात्र बोल्नुहोला' ढकालले भनेका छन् ।

प्रकाशित : असार १९, २०८१ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×