कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

संसद् बैठक सांकेतिक भाषामा पनि प्रत्यक्ष प्रशारण गर्न सांसद परियारको माग

काठमाडौँ — राष्ट्रिय सभा सदस्य पदमबहादुर परियारले संसद् बैठकलाई सांकेतिक भाषामा पनि प्रत्यक्ष प्रशारणको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । बुधवार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै सांसद परियारले सरकारसँग यस्तो माग गरे ।

संसद् बैठक सांकेतिक भाषामा पनि प्रत्यक्ष प्रशारण गर्न सांसद परियारको माग

उनले संसद्को गतिविधिबाट नेपालका हजारौं बहिरा समुदाय बञ्चित भएको भन्दै तत्काल संसद्‌मा भएका गतिविधिलाई सांकेतिक भाषाका लागि दोभासे राख्न माग गरे । उनले बहिरा समुदायले सूचना पाउने एक मात्रै आधार सांकेतिक भाषा भएकाले त्यसको व्यवस्था गर्न माग गरे । उनले संघीय संसद्‌मा भएका सबै काम कारबाहीहरुबाट नेपाली बहिरा समुदायहरु विमुख भएको उल्लेख गरे।

उनले भने, ‘नेपालमा हजारौं बहिरा समुदायहरु बसेवास गर्छन् । त्यो समुदायले सूचना पाउने एक मात्रै आधार भनेको सांकेतिक भाषा हो । संघीय संसद्‌‌मा भएका सबै काम कारबाहीहरुबाट नेपाली बहिरा समुदायहरु विमुख हुनुहुन्छ । संसद्को प्रत्यक्ष प्रसारण र रेकर्डिङ सांकेतिक भाषामा हुने गरेको छैन । नीति निर्माण गर्ने थलो संसद‌्‌मा भएका गतिविधिबाट बाहिर छन् । त्यसले गर्दा संसद्‌मा सांकेतिक भाषा दोभासे राख्न सरकारसँग माग गर्दछु ।’

परियारले प्रतिनिधि सभामा पारित भइसकेको बजेटको सम्बन्धमा राष्ट्रिय सभामा छलफल गर्नुको कुनै उपादेयता नभएको बताए । उनले राष्ट्रिय सभामा बजेट बारेमा छलफल गर्नुको तात्विक अर्थ नभएको बताए ।

उनले भने, ‘प्रतिनिधि सभाले बजेटलाई पारित गरिसकेको छ । तर फेरि राज्यका गरिब जनताहरुले उठाएको करलाई खर्च गरेर फेरि हामीले राष्ट्रिय सभामा बजेटका बारेमा छलफल गर्नुपर्ने । जसको तात्विक अर्थ खासै देखिँदैन । संसदीय अभ्यासको एउटा प्रक्रिया होला, काम होला त्यो ठिक छ । तर राज्यको कर प्रयोग गरेर बिना कुनै उपादेयताको विषयवस्तुमा छलफल गरिनु कुनैपनि तरिकाले बुद्धिमतापूर्ण छ जस्तो मलाई लाग्दैन ।'

प्रकाशित : असार १९, २०८१ १४:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×