कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४५

सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढ्यो

काठमाडौँ — बुत्रबार सुनको मूल्य तोलामा ४ सय रूपैयाँ र चाँदी तोलामा २० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढ्यो

मंगलबार छापावाला सुन प्रतितोला १ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन प्रति तोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँले बढेको थियो । म‌ंगलबारको तुलनामा आज सुनको मूल्य ४ सय र चाँदीको मूल्य २० रुपैयाँले बढेको महासंघले जनाएको छ । चाँदी प्रतितोला १ हजार ८२५ सय रुपैयाँमा कारोबार भइरहेको महास‌ंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ८ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित : असार १९, २०८१ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×