कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

आठ किलो चाँदीसहित सुनका गहना बरामद

भैरहवा — प्रहरीले भन्सार छलेर मुलुक भित्र्याइएका ८ किलो चाँदीसहित ७ तोला सुनका गहना बिहीबार साँझ बरामद गरेको छ । रुपन्देहीस्थित इलाका प्रहरी कार्यालय धकधहीबाट खटिएको टोलीले रोहिणी गाउँपालिका–७, बाट उक्त परिमाणका विभिन्न थरी गहना बरामद गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले जानकारी दिए ।

आठ किलो चाँदीसहित सुनका गहना बरामद

उनका अनुसार युपी५६एडी ८०३६ नम्बरको मोटरसाइकलमा भारतको महाराजगन्ज जिल्ला नौतनुवास्थित कुरहवाका उपेन्द्र बर्मालाई जाँच गर्नेक्रममा उनीबाट ७ तोला १० लाल ७ प्वाइन्ट सुनका गहना, साठे ८ किलो चाँदीका विभिन्न गहना र पित्तलजस्तो पहेँलो धातुबाट बनेका गहना बरामद गरिएको हो । प्रारम्भिक अनुसन्धानबाट भारतमा गहना बनाएर नेपाल भित्र्याइएको आशंकामा छानबिन अगाडि बढाइएको उनले बताए ।

प्रहरीले पक्राउ गरेका मोटरसाइकल चालक र उनीबाट बरामद सामग्रीलाई आवश्यक कारबाहीका लागि शुक्रबार भैरहवा भन्सार कार्यालय बुझाइएको जनाएको छ ।


प्रकाशित : असार २१, २०८१ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×