कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४५

नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई नेपाली कांग्रेसको आग्रह

काठमाडौँ — नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेको छ । कांग्रेस–एमाले नयाँ समिकरण बनेपछि पनि प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्को सामना गरेर मात्रै अघि बढ्ने अडान लिइरहेका बेला नयाँ सत्ता समिकरणको मुख्य दल नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सो आग्रह गरेको हो ।

नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई नेपाली कांग्रेसको आग्रह

बुधबार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको सो बैठकले दुई ठूला दल र अन्य दलदरूले पनि नयाँ सत्ता समिकरणको पक्षमा आफ्नो मत राखेपछि नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीलाई माग प्रशस्त गर्न आग्रह गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

उनले भने, 'दुई वटा ठूला दल नेपाली कांग्रेस र एमालेसँगै सरकार बनाउने भनिसकेपछि त स्वभाविक रुपमा सम्माननीय प्रधानमन्त्रीजीले मार्गप्रशस्त गर्नु पर्छ । त्यो पनि हाम्रो निर्णयमा आएको छ । उहाँले मार्ग प्रशस्त गर्न उपयुक्त हुन्छ । र, अरु दलको समेत समर्थन घोषणा भइराखेको छ । यो जुन नयाँ समीकरण बनेको छ । यो सम्बन्धमा हाम्रो कार्य सम्पादन समितिको बैठकले सम्माननीय प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न पनि आग्रह गरेको छ ।'

त्यसैगरी बैठकले नयाँ सत्ता समिकरणका लागि एमालेसँग गरिएको समझदारी पनि अनुमोदन गरेको छ । बैठकले संविधान संशोधन गर्ने दुई दलबीचको समझदारी सबै दलदरूसँग सघन छलफल गरेर मात्रै बढाउने पनि स्पष्ट पारेको प्रवक्ता महतले बताउनु भयो ।

उनले भने, ‘नेकपा एमाले र नेपाली कांग्रेसबीच आगामी सहकार्य गरेर जाने बारे जुन समझदारी भएको थियो सरकार निर्माण गर्ने सम्बन्धमा । त्यसलाई स्वागत गर्‍यो । र समर्थन गर्‍यो । र, सँगसँगै दुई दलका नेतादरूको बीचमा जुन समझदारी भएको छ । हाम्रो पार्टी सभापति आदरणीय शेरबहादुर देउवाजी र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बीचमा जुन समझदारी भएको थियो । त्यो समझदारीको मूल विषयवस्तु पहिला पनि सञ्चारकर्मी साथीदरूलाई जानकारी गराएका थियौं । मूलभूत रुपमा देशमा स्थायित्व दिनका लागि सुशासन, स्थायित्व, आर्थिक समृद्धिका लागि यो सहकार्य गर्ने राष्ट्रिय सहमति जुटाउने र मुद्दामा सहमत दलदरूलाई पनि यसमा जोड्ने ।'

यसैगरी उनले बैठकमा नेतृत्वको सवालमा जानकारी दिइएको बताए । उनले भने, 'जहाँसम्म नेतृत्वको सवाल छ । सरकारको नेतृत्वको सवाल छ । सुरुमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने र दोस्रो चरणमा आम निर्वाचन सम्पन्न गर्नेसम्मका लागि हाम्रा पार्टी सभापति आदरणीय शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने । यही नै समझदारीको मूल विषयवस्तु हो । त्यो सम्झदारीलाई कार्य सम्पादन समितिले अनुमोदन गरेको छ ।'

त्यसैगरी बैठकले पार्टी सभापति देउवाले पार्टीको भ्रातृ संगठन र निर्देशक समितिको म्याद थप गर्ने निर्णयलाई पनि अनुमोदन गरेको नेपाली कांग्रेसले जनाएको छ । उनले भने, 'पार्टी सभापतिले भ्रातृ संगठनका सम्बन्धमा जुन निर्णय गर्नुभएको थियो समय थप गर्ने सम्बन्धमा पनि छलफल भएको बताए । निर्देशक समितिको सम्बन्धमा पनि कुराकानी भयो । त्यो निर्णयलाई पनि कार्य सम्पादन समितिले अनुमोदन गरेको छ । यही नै विषयवस्तु हो ।'

प्रकाशित : असार १९, २०८१ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×