विगतको 'इगो' बिर्सेर दुई नेता वाम सहकार्य गर्ने बाटोमा अगाडि बढेका छन्, संसद् र सडकबाट सरकारलाई दबाब दिने रणनीति बनाउँदैछन् । अनि, असार १४ मा मदन भण्डारीको जनमजयन्तीको अवसर पारेर एउटै मञ्चबाट बोल्दै पनि छन् ।
मिश्रित निर्वाचन प्रणालीलाई सुधार गरेर जान सकिने विकल्प भए पनि पूर्णसमानुपातिकको पक्षमा कांग्रेस र एमाले नरहेको नेताहरूको भनाइ छ ।
रास्वपा महाधिवेशनका शुभकामना दिँदै थापाले रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाह मिलेर अघि बढ्न सुझाव दिएका छन् ।
नेकपा नेता वर्षमान पुनले दाहालको शुभकामना सन्देश वाचन गर्दै विधिसम्मत् र संविधानभन्दा बाहिर नगएर सुशासनको कदम चाल्न आग्रह गरेका हुन् ।
नेकपा माओवादीका महासचिव चन्दको नेतृत्वमा ‘एकीकृत क्रान्ति’ अघि बढ्न नसकेको र यसबारे समीक्षा गर्नुपर्ने कुरा उठाएपछि केन्द्रीय सचिवालय सदस्य एवं पूर्वसभासद् उमा भुजेल र केन्द्रीय सदस्य चन्द्रबहादुर खड्कालाई कारबाही गरेपछि मतभेद चर्किएको हो ।
ओलीले आफ्नै नेताहरूले नै पार्टी फुटाउन सक्ने बताएपछि एमालेमा तरंग, कारबाही गर्ने ओलीको धम्कीपछि असन्तुष्टि झन् बढ्यो
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालकी छोरीसमेत रहेकी गंगा दाहाल भन्छिन् : हामीमाथि शंका भए सरकारले जुनसुकै विषयमा छानबिन गर्न सक्छ । छानबिनका लागि सहयोग गर्न तयार छौं,’ उनले भनिन्, ‘तर बिना आधार हामीलाई बदनाम गराउन गलत प्रचारको विरोध र खण्डन गरेका छौं ।
केपी शर्मा ओलीको राजनीतिक यात्राले नेपालको लोकतान्त्रिक अभ्यासका अन्तरविरोधहरू मात्र प्रतिबिम्बित गर्दैन, क्रान्तिकारी धार र संस्थागत शासन प्रणाली तथा लोकप्रियतावादी र संवैधानिक पक्षधरबीचको तनाव पनि झल्काउँछ
कांग्रेस, एमाले, नेकपा र जसपामा सदस्यता नवीकरण अपेक्षाकृत कम । नेतृत्व र कार्यशैलीप्रति असन्तुष्टि बढ्दा संगठन विस्तारमा चुनौती ।