सरकारले पाँच वर्ष पूरा गरोस् : पूर्वप्रधानमन्त्री भट्टराई 

रास्वपा महाधिवेशनका शुभकामना दिँदै थापाले रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाह मिलेर अघि बढ्न सुझाव दिएका छन् ।

असार ७, २०८३

गंगा बीसी

Let the government complete five years: Former Prime Minister Bhattarai

काठमाडौँ — पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले रास्वपा सरकारले पाँच वर्ष पूरा गर्न सकोस् भन्ने शुभकामना दिएका छन् । रास्वपा महाधिवेशनका शुभकामना दिँदै उनले रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाह मिलेर अघि बढ्न सुझाव दिएका छन् । 

‘आसेपासे र अन्य शक्ति खेलेर रवि ठूलो कि बालेन ठूलो भनेर खेल्दिन सक्छन् । तपाईंको एकताले नै पाँच वर्ष सुनिश्चित छ । पटकपटक कुरा गर्नुस्, कुरा गर्नुस् । मेरो पुस्ताका साथीहरुले षड्यन्त्रको अवीस्कार गरेर अनेकथरि तानाबाना बन्नु भएको छ,’ उनले भने, ‘जेन-जी विद्रोह र रास्वपाको उदय पचाउन नसकेर अनेक तानाबाना बुन्नु भएको छ । त्यसमा केही सत्यता होला, तर प्रमुख पाटो होइन । रवि र वालेन्द्रजीलाई नेतृत्व महत्त्वपूर्ण हुन्छ । वैचारिक रुपमा प्रस्टता चाहिन्छ । मूलभूत रुपमा ठिकै छ । केही अस्पष्टता छन् । संवैधानिक समाजवाद अलि व्याख्या गरे राम्रो हुन्छ ।’

उनले भने, ‘नेतृत्व पाँच वर्ष पूरा कार्यकाल गर्नुपर्छ । १०/१५ वर्ष राजनीतिक स्थिरता होस् । रवि र वालेन्द्रले २५, ३० वर्ष नेतृत्व गर्नुफर्छ । बहुदलीय लोकतन्त्रमा भिन्न विचार हुन्छन् । समेटेर जानुहोस् ।’

उनले ‘चुनावमा चुपचाप घण्टी छाप’ भनेकाले ‘अब चुपचाप र विकास गर्न’ आग्रह गरे ।

गंगा

Link copied successfully