कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२

बन्दुक देखाई महिलालाई बलात्कार गर्ने पक्राउ 

सल्यान — सल्यानमा भरुवा बन्दुक देखाई महिलालाई बलात्कार गर्ने एक जना पक्राउ परेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका ३ टोटके निवासी ४२ वर्षीय टोपबहादुर वली पक्राउ परेका हुन् ।  

बन्दुक देखाई महिलालाई बलात्कार गर्ने पक्राउ 

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक भवानीप्रसाद धमलाका अनुसार असार १९ गते वलीले ४३ वर्षीया महिलालाई निजकै घरमा बन्दुक देखाई बलात्कार गरेका थिए । बलात्कार गरेको जाहेरी परेपछि वलीलाई घरबाटै शनिबार दिउँसो पक्राउ गरेको प्रहरी निरीक्षक धमलाले जानकारी गराए । उनका अनुसार वलीको घरमा खानतलासी गर्दा बारुद भरेर राखेको एक थान बन्दुकसमेत बरामद भएको छ ।

वलीलाई जबरजस्ती करणी तथा हातहतियार खरखजाना मुद्दामा जिल्ला अदालत सल्यानबाट चार दिनको म्याद थप गरी प्रहरी कार्यालय सल्यानको हिरासत कक्षमा राखेर अनुसन्धान भैरहेको छ ।

प्रकाशित : असार २१, २०८१ २१:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वटा महानगरको पुँजीगत खर्च ५० प्रतिशत पनि नबढेकोबारे तपाईंको टिप्पणी के छ ?

×