कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

मीना आर्चायको आत्मकथा 'स्वतन्त्रता र समानताको निरन्तर यात्रा' सार्वजनिक

काठमाडौँ — अर्थशास्त्री मीना आचार्यको बाल्यकालदेखि हालसम्मको भोगाइ, संघर्ष र अनुभव समेटिएको आत्मकथा 'स्वतन्त्रता र समानताको निरन्तर यात्रा' सार्वजनिक भएको छ ।

मीना आर्चायको आत्मकथा 'स्वतन्त्रता र समानताको निरन्तर यात्रा' सार्वजनिक

शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच आचार्यले आफ्नो जीवनमा आधारित पुस्तक सार्वजनिक गरेकी हुन् । कार्यक्रममा उनले सिंगो परिवारका लागि बिहानैदेखि काममा तल्लीन रहने महिलाको आर्थिक विकासमा कुनै योगदान नै छैन भनिएपछि त्यसको अनुसन्धान गर्दै जाँदा त्यसैले आफूलाई महिलावादी बनाएको बताइन् ।

अर्थशास्त्रमा विद्यावारिधी गरेकी आचार्यका महिला र अर्थतन्त्रसँग जोडिएका विभिन्न अनुसन्धानमूलक सामग्री प्रकाशित छन् । पूर्वप्रधानमन्त्री टंकप्रसाद आचार्यकी छोरी मीनाले आफूले बाल्यकालमै बुबाको राजनीतिका कारण परिवारले ब्यहोर्नुपरेको सास्ती र आमाको संघर्षलाई समेत पुस्तकमा समेटेको बताइन् ।

कार्यक्रममा अधिकारकर्मी चाँदनी जोशीले मीना आचार्यको उर्जा, मिहिनेत र कामप्रतिको प्रतिबद्धताले आफूलाई सधैं प्रेरणा मिलेको बताइन् ।

पूर्वअर्थमन्त्री महेश आचार्यले नेपालमा लैंगिक समानता र लैंगिक बजेट ल्याउन अर्थविद् मिना आचार्यको अनुसन्धानले मार्गदर्शन गरेको बताए । टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानका अध्यक्ष सुशील प्याकुरेलले आचार्यको जीवनीमा आधारित पुस्तकले नेपालको समाजशास्त्र, अर्थशास्त्र र नारीवादीको आन्दोलनको चित्रण गर्ने बताए ।

पुस्तक साङ्ग्रिला बुक्सले प्रकाशन गरेको हो ।

प्रकाशित : असार २१, २०८१ २०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वटा महानगरको पुँजीगत खर्च ५० प्रतिशत पनि नबढेकोबारे तपाईंको टिप्पणी के छ ?

×