कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

स्कुलस्तरीय निबन्धमा श्रेया र सपना विजयी

काठमाडौँ — वरिष्ठ बाल साहित्यकार शान्तदास मानन्धरको स्मृतिमा काठमाडौं महानगरपालिका–२३ वडामा महानगरव्यापी स्कुलस्तरीय निबन्ध तथा कविता प्रतियोगिता भएको हो । साहित्यकार मानन्धर २३ वडाका पूर्वअध्यक्ष पनि हुन् ।

स्कुलस्तरीय निबन्धमा श्रेया र सपना विजयी

कक्षा ६ र ७ तथा कक्षा ८–९ गरी दुई समूहमा भएको प्रतियोगितामा कक्षा ८–९ तर्फ निबन्धमा फ्युचर स्टारका कक्षा ८ का श्रेया पराजुली प्रथम, विजेश्वरी ज्ञानमन्दिरका कक्षा ९ का प्रकृति चौहान द्वितीय, श्रीरत्नराज्य माविका कक्षा ८ का सम्पदा थापा तृतीय र जगतसुन्दर ब्वनेकुथिका कक्षा ९ का कजना श्रेष्ठ सान्त्वना भए ।

कवितातर्फ ज्ञानोदयका कक्षा ८ का सद्भाव ज्ञवाली प्रथम, कक्षा ९ का अनिश विष्ट द्वितीय, श्रीमहांकाल माविका कक्षा ९ का अञ्जली गुप्ता तृतीय र शान्ति निकुञ्ज माविका कक्षा ९ का सविना न्यौपाने सान्त्वना स्थानमा रहे ।

कक्षा ६–७ तर्फ निबन्धमा महांकालका कक्षा ७ का सपना श्रेष्ठ प्रथम, नेपाल युवकका कक्षा ६ का आयशा खातुन द्वितीय, कन्या मन्दिरका कक्षा ७ का करुणा नेपाल तृतीय र जनकल्याण माविका कक्षा ६ का युवराज शाह सान्त्वना भए ।

कवितातर्फ जगतसुन्दर ब्वनेकुथिका कक्षा ६ का निभा श्रेष्ठ प्रथम, रत्नराज्या कक्षा ७ का हीरा कुँवर द्वितीय, कंकेश्वरी आधारभूतका कक्षा ७ का बिल्कस खातुन तृतीय र शान्ति निकुञ्जका कक्षा ६ का सुष्मा माझी सान्त्वना भए ।

प्रतियोगिता कक्षा ६ र ७ तर्फ नेपालभाषा र कक्षा ८ र ९ तर्फ नेपाली भाषामा भएको हो । कार्यक्रममा विजयी विद्यार्थीले आ–आफ्नो रचना पाठ गरेका थिए । विजेता विद्यार्थीलाई शनिबार काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल र वडा २३ का अध्यक्ष मचाराजा महर्जनले पुरस्कार प्रदान गरे । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः जनही १० हजार, ७ हजार, ५ हजार र १५ सय रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।

वडाअध्यक्ष मचाराजा महर्जनको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख निर्णायक रमेशकाजी स्थापितले निर्णय प्रक्रियाबारे जानकारी दिँदै विजयी विद्यार्थीको नाम घोषणा गरेका थिए ।

निर्णायक मण्डलका सदस्य पूर्णिमा डंगोलले वरिष्ठ बाल साहित्यकार मानन्धरको जीवनी प्रकाश पारिन् भने प्रतियोगिताबारे कार्यक्रम संयोजक तथा वडा सदस्य सुरेश मानन्धरले जानकारी गराए ।

प्रकाशित : असार १५, २०८१ १९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×