कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४५

पारा खेलकुदको भारोत्तोलनमा सरितालाई स्वर्ण

काठमाडौँ — पारा तथा विशेष खेलकुदअन्तर्गत भारोत्तोलनमा कोशी प्रदेशकी सरिता थुलुङले स्वर्ण पदक जितेकी छन् । सोमबार महिला ६७ केजीमाथि सरिताले ६५ केजी भार वहन गरिन् । वाग्मतीकी संगीता लिम्बूले ४१ केजी र गण्डकीकी भावना केसीले ४० केजी तौल उठाउँदै क्रमशः रजत र स्वर्ण जिते ।

पारा खेलकुदको भारोत्तोलनमा सरितालाई स्वर्ण

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघ नेपालको व्यवस्थापनमा भएको प्रतियोगिताको महिला ६७ केजीमुनि कोशीकी अनुकला राई पहिलो भइन् । अनुले ४२ केजी उचालिन् । कोशीकै सम्झना वन दोस्रो र गण्डकीकी शर्मिला विश्वकर्मा तेस्रो भए । सम्झनाले ४० र शर्मिलाले ३६ केजी भार उचाले ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगिताको ५० केजीमुनि ३४ केजी तौल उचालेकी लुम्बिनीकी हुमा मगरले स्वर्ण जितिन् । २५ केजी तौल उठाएकी सुदूरपश्चिमकी रोशनी थापा दोस्रो भइन् ।

दुईदिने प्रतियोगिताको पुरुषमा ४ र महिलामा ३ गरी ७ स्पर्धामा ४२ खेलाडीको सहभागिता रहेको राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघ नेपालका अध्यक्ष टेकबहादुर गुरुङले जनाएका छन् । अन्तिम दिन मंगलबार पुरुषतर्फ ४ स्पर्धाको फाइनलमा हुनेछ ।

प्रकाशित : असार १७, २०८१ २१:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×