कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०३

सत्ता समीकरण परिवर्तनलाई लिएर कोही आत्तिनु पर्दैन : कोइराला

इनरुवा — नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले सत्तासमीकरण परिवर्तनलाई लिएर कोही पनि आत्तिन नपर्ने बताएका छन् । बुधबार नेपाल प्रेस युनियनले इटहरीमा गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले सत्तासमीकरण परिवर्तनपछि केही नेता र पार्टी आत्तिएका बताए । 

सत्ता समीकरण परिवर्तनलाई लिएर कोही आत्तिनु पर्दैन : कोइराला

प्रतिनिधिसभा सदस्य कोइरालाले सत्तासमीकरण बदलिएपछि विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आत्तिएको र त्यसैकारण लामिछानेले मङ्गलबार गलत प्रतिक्रिया दिएको उल्लेख गरे ।

कांग्रेस–एमालेबीच समीकरण बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिन आलटाल गर्नु राम्रो नभएको उनको भनाइ थियो । दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा लोकतन्त्र कमजोर बन्ने आशङ्का व्यक्त भइरहेको भन्दै उनले दुई पार्टीले राम्रो काम गरेर यस्ता आशङ्का चिर्नुपर्नेमा जोड दिए ।

प्रकाशित : असार १९, २०८१ २०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×