कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

कोपा अमेरिका : ब्राजिल सम्मिलित समूह विजेता बन्यो कोलम्बिया

काठमाडौँ — कोपा अमेरिका २०२४ मा कोलम्बियाले बुधबार ब्राजिल सम्मिलित समूह जितेको छ । समूह डी को खेलमा कोलम्बियाले ब्राजिललाई १–१ को बराबरीमा रोक्यो । यो जितपछि कोलम्बियाको ७ अंक भएको छ र समूहको शीर्षमा रह्यो ।

कोपा अमेरिका : ब्राजिल सम्मिलित समूह विजेता बन्यो कोलम्बिया

ब्राजिल भने ५ अंकमा दोस्रो स्थानमा रह्यो । दुवै टिम यस समूहबाट नकआउट चरण पुगेका छन् । समूहको अर्को खेलमा कोस्टारिकाले पाराग्वेलाई २–१ ले हरायो । कोस्टारिका चार अंकमा तेस्रोमा रह्यो भने पाराग्वे सबै खेलमा पराजित भएर शून्य अंकमा रह्यो ।

ब्राजिलले राफिन्हाको गोलले १२ औं मिनेटमा अग्रता लिएको थियो । तर त्यसलाई कायम भने राख्न सकेन् । कोलम्बियाले पहिलो हाफको इन्ज्युरी समयमा बराबरी गोल फर्कायो । ड्यानिएल मुनोजले यो गोल गरेका हुन् ।

प्रकाशित : असार १९, २०८१ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×