कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

प्रधानमन्त्रीलाई राजीनामा पत्र बुझाउँदै एमालेका मन्त्रीहरू

काठमाडौँ — एमालेबाट मन्त्री भएकाहरूले आजै प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा दिँदैछन् । अहिले साढे ८ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेर राजीनामा पत्र बुझाउने कानुनमन्त्री पदम गिरीले जानकारी दिए ।

प्रधानमन्त्रीलाई राजीनामा पत्र बुझाउँदै एमालेका मन्त्रीहरू

एमालेले बुधबार नै दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय लिएको हो ।

मंगलबार बसेको सचिवालय बैठकले २४ घण्टाभित्र राजीनामा दिन प्रधानमन्त्री दाहाललाई आग्रह गरेको थियो । तर, दाहालले राजीनामा नदिएपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठसहित ८ जना मन्त्रिपरिषद्‌मा सहभागी छन् । एमालेबाट रघुवीर महासेठले उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रालयसहित नेतृत्व गरिरहेका छन् । त्यस्तै, पदम गिरी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, ज्वाला साह कृषि, बलराम अधिकारी भूमि व्यवस्था, दामोदर भण्डारी उद्योग, भगवती चौधरी महिला, राजेन्द्र राई खानेपानी, हरिप्रसाद उप्रेती रक्षामन्त्री छन् ।

'राष्ट्रिय सहमतिको सरकार' बनाउन भन्दै कांग्रेस र एमालेबीच समिकरण बनाउने समझदारीपछि एमाले सरकारबाट बाहिरिएको हो ।

प्रकाशित : असार १९, २०८१ १९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×