कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७३

राष्ट्रिय उसुमा आर्मी टिम च्याम्पियन

काठमाडौँ — नेपाल आर्मी १६ औं राष्ट्रिय उसु प्रतियोगितामा ११ स्वर्ण, ६ रजत र ५ कांस्य जित्दै टिम च्याम्पियन भएको छ ।

राष्ट्रिय उसुमा आर्मी टिम च्याम्पियन

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगितामा ६ स्वर्ण, ५ रजत र ७ कांस्यसहित नेपाल पुलिस टिम दोस्रो भयो । तेस्रो स्थानको एपीएफले ५ स्वर्ण, ३ रजत र ४ कांस्य हात पार्‍यो । शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार हात पारे ।

नेपाल उसु महासंघद्वारा आयोजित प्रतियोगिताको थाउलुतर्फ पुरुषमा आर्मीका विजय सिन्जाली तथा महिलामा पुलिसकी निमा घर्ती मगर उत्कृष्ट खेलाडी घोषित भए । सान्डाको पुरुषमा एपीएफका रोहित चुनारा र महिलामा आर्मीकी एलिना चौधरी उत्कृष्ट खेलाडी चुनिए ।

विजेतालाई राखेपका सदस्य एवं आयोजक महासंघका अध्यक्ष जनक बर्तौलालगायतले पुरस्कृत गरे । तीनदिने प्रतियोगतामा ५ प्रदेश र ३ विभागीय गरी ५ टोलीका १ सय खेलाडीको सहभागिता रहेको आयोजक महासंघका सचिव नवीन बस्नेतले जनाए ।

प्रकाशित : असार २१, २०८१ २१:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वटा महानगरको पुँजीगत खर्च ५० प्रतिशत पनि नबढेकोबारे तपाईंको टिप्पणी के छ ?

×