कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

गुणस्तरहीन खाने तेल उत्पादन गर्ने चार वटा कम्पनीलाई जरिवाना

काठमाडौँ — काठमाडौं महानगरपालिकाले चार वटा खाने तेलमा पेरोक्साइडको मात्रा धेरै पाइएको भन्दै दुई-दुई लाख रुपैयाँ जरिवाना असुलेको छ । उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी मापदण्ड विपरीत तेल उत्पादन गरी बिक्री बितरण गरिरहेको पाइएपछि महानगरपालिकाले जरिवाना गरेको हो । 

गुणस्तरहीन खाने तेल उत्पादन गर्ने चार वटा कम्पनीलाई जरिवाना

बुधबार महानगरपालिकाले १३ वटा ब्राण्डका खाने तेलको नमूना परीक्षण गर्दा ४ वटामा पेरोक्साइडको मात्रा सरकारले तोकेको भन्दा उच्च रहेको पाइएको थियो । महानगरका अनुसार श्रीराम रिफाइन्ड आयल प्राडक्ट, मोराङ्को उत्पादनमा सरकारले सोयाविन तेलका लागि अनिवार्य तोकेको गुणस्तर नभई मापदण्डभन्दा धेरै पेरोक्साइड र एसिडको मात्रा पाइएको छ । यसमा २०८० पुस २७ गते उत्पादन भएको ‘पक्वान ब्राण्ड’ को व्याच/लट नं. (एस)–टु को रिफाइन सोयाविन तेल रहेको छ ।

अन्य दुई रिफाइन तेलमा सरकारले तोकेकोभन्दा कम मापदण्ड पाइएको जनाएको छ । २०८० कात्तिक, बीरगञ्जमा उत्पादित अन्नपूर्ण भेजिटेवल प्रोडक्टको ‘अमृत ब्राण्ड’ व्याच/लट नं. ११ को रिफाइन सोयाबिन तेलमा र २०२४ अप्रिलमा विराटनगरमा उत्पादित क्वालिटी आयल रिफाइनरीको ‘क्वालिटी ब्राण्ड’ व्याच/लट नं. ०८ को तेलमा सरकारले तोकेको मापदण्ड नपाइएको महानगरले जनाएको छ ।

यस्तै, शिवशक्ति घ्यू उद्योग जीतपुर, बाराको उत्पादन तेलमा पनि पारोक्साइड मात्रा मापदण्डमा नरहेको कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिए । २०८० साल माघमा उत्पादन भएको, व्याच/लट नं. १० को ‘फेमिली ब्राण्ड’ को आयातीत तोरीको गेडाबाट स्वदेशमा उत्पादन भएको तेलमा पारोक्साइड मात्रा मापदण्डमा नरहेको पाइएको हो ।

यसरी मापदण्ड विपरीत तेल उत्पादन गर्ने ब्राण्डहरु हरेकलाई २ लाख रुपैयाँका दरले जरिवाना गरिएको महानगरपालिकाले जनाएको छ । नमूना परीक्षणका लागि बैशाख ३१ गते ‘राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशाला’ बबरमहल पठाइएको थियो । यससँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा गरिएको प्रयोगशाला परीक्षण विश्लेषणको प्रतिवेदन प्राप्त भएपछि कारवाही गरिएको हो ।

प्रकाशित : असार १९, २०८१ २०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×