कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

त्रिभुवन राजपथकाे नाैबिसे खण्ड राति १० बजेदेखि ५ घणटा बन्द

चितवन — काठमाडाैं छिर्ने मुख्य मार्ग धादिङ नाैबिसे खण्डकाे त्रिभुुवन राजपथ बुधबार र बिहीबार राति १० बजेदिख बिहान तीन बजेसम्म बन्द हुने भएकाे छ । धादिङ धुनिबेसी नगरपालिका-७ नाैबिसे खाेला पुलकाे कामका लागि सडक बन्द हुन लागेकाे हाे ।

त्रिभुवन राजपथकाे नाैबिसे खण्ड राति १० बजेदेखि ५ घणटा बन्द

हाल नागढुंगादेखि मुग्लिनसम्म सडक बिस्तारकाे काम भइरहेकाे छ । साेही काम अन्तर्गत नाैबिसे पुलमा काम गर्न आज र भाेलि दुई दिन राति ५ घण्टा बाटाे बन्द हुन लागेकाे नागढुंगा मुग्लिन सडक आयमेजना पुर्वी खण्डका सुचना अधिकारी रहेका इन्जिनियर तुलाकान्त चाैधरीले जानकारी दिए ।

माेटरसाइकल तथा साना गाडीका लागि बैकल्पिक मार्ग धादिङ धार्के सीतापाइला सडकबाट काठमाडाैं जान सक्ने व्यवस्था मिलाएकाे आयाेजनाले जनाएकाे छ । साे खणडमा पाँचवटा पुल निर्माण हुँदैछन् ।

प्रकाशित : असार १९, २०८१ १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×