कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

एकीकृत समाजवादी महाधिवेशन : समाजवादी कायदिशासहितको राजनीतिक दस्तावेज पारित

काठमाडौँ — नेकपा एकीकृत समाजवादीको महाधिवेशनले समाजवादी कार्यक्रमसहितको राजनीतिक कार्यदिशा तय गरेको छ । महाधिवेशनमा पेश भएको सो दस्तावेज सर्वसम्मत पारित भएको हो ।

एकीकृत समाजवादी महाधिवेशन : समाजवादी कायदिशासहितको राजनीतिक दस्तावेज पारित

काठमाडौंमा जारी महाधिवेशनले तत्कालीन महासचिव मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद (जबज) लाई समाजवादी कार्यदिशाको अभिन्न अंग बनाएर राजनीतिक दस्तावेज पारित गरको हो ।

अध्यक्ष माधवकुमार नेपालले पार्टीको सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) ले अगाडि सारेका समाजको आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका मागलाई समाजवादी कार्यक्रमका अभिन्न अंग बनाएको सो दस्तावेज हलले पारित गरेको हो ।

‘समूहगत छलफलबाट आएका निश्कर्षमा आधारमा राजनीतिक दस्तावेजहरु पारित भएका छन्,' उपाध्यक्ष बेदुराम भुसालले भने, ‘छलफलमा आएका उचित सुझाव समेट्ने निर्णय भएको छ ।’

अध्यक्ष नेपालले सोमबार पार्टीको दसौं महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा जबजले अघि सारेका सामन्तवादविरोधी राजनीतिक माग, नारा र मूल्यमान्यता संविधानमा संस्थागत भएकाले अबको बाटो समाजवादी हुने दस्ताबेजमा लेखेका छन् । नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाको सहमतिमो यो राजनीतिक प्रतिवेदन तयार भएको थियो ।

‘अहिले नेपाली क्रान्ति जनवादी चरण पार गरेर समाजवादी चरणमा प्रवेश गरेको हुादा अब समाजवादी क्रान्तिको कार्यक्रम अंगालेर अगाडि बढ्नुपर्दछ,’ प्रतिवेदन भन्छ । जबजले अगाडि सारेका समाजको आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका माग व्यवहारमा भने लागू भइनसकेको प्रतिवेदनमा उल्लेख छ ।

‘ती मागहरूलाई अब पार्टीले अगाडि सार्ने समाजवादी कार्यक्रमका अभिन्न अंग बनाएर अझै उन्नत रूपमा प्रस्तुत गरी कार्यान्वयन गर्नुपर्दछ,’ प्रतिवेदनमा भनिएको छ ।

प्रकाशित : असार १९, २०८१ २०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×