कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४५

धितोपत्र बोर्डको अध्यक्ष फेरि पुरानै समितिले छान्ने सरकारको निर्णय

काठमाडौँ — सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष छान्न सिफारिस समिति गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठको संयोजकत्वमा अध्यक्ष सिफारिस सिमिति गठन गर्ने निर्णय गरेको हो ।

धितोपत्र बोर्डको अध्यक्ष फेरि पुरानै समितिले छान्ने सरकारको निर्णय

धितोपत्र ऐनको व्यवस्था अनुसार अध्यक्ष छनौटका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन हुने व्यवस्था छ । जसमा अर्थ सचिव पदेन सदस्य र एक जना स्वतन्त्र विज्ञ सदस्य रहने व्यवस्था छ ।

यही व्यवस्था अनुसार गत माघमा पनि सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष श्रेष्ठको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो । अर्थ सचिव मधुकुमार मरासीनी र विज्ञ सदस्य उदय निरौला सदस्य रहेको उक्त समितिले ६ महिना सम्म पनि अध्यक्ष छनौट हुन सकेको थिएन ।

कानुन बमोजिम तीन जनाको नाम सिफारिस गर्न नसकेपछि सिफारिस समितिले गत शुक्रबार अध्यक्ष छनौट प्रक्रिया रद्द गर्ने निर्णय गरेको थियो । अहिले सरकारले फेरि त्यही समितिलाई अध्यक्ष छनौटको जिम्मेवारी दिने निर्णय गरेको हो ।

प्रकाशित : असार १७, २०८१ २१:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×