कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

अध्यक्ष ओलीले एमालेबाट मन्त्री भएकालाई बालकोट बोलाए

काठमाडौँ — एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई बालकोट बोलाएका छन् ।

अध्यक्ष ओलीले एमालेबाट मन्त्री भएकालाई बालकोट बोलाए

ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा पार्टीबाट सहभागी मन्त्रीहरूलाई बुधबार साँझ सामूहिक रूपमा बालकोटस्थित आफ्नो निवासमा बोलाएका हुन् ।

एमालेबाट सरकारमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले अध्यक्ष ओलीले मन्त्रीहरूलाई बालकोट बोलाएको जानकारी दिए ।

समर्थन फिर्ता लिने निर्णयपछि ओलीले मन्त्रीहरूलाई बालकोट बोलाएका हुन् ।

एमालेबाट रघुवीर महासेठले उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रालयसहित नेतृत्व गरिरहेका छन् । त्यस्तै, पदम गिरी कानुन, ज्वाला साह कृषि, बलराम अधिकारी भूमि व्यवस्था, दामोदर भण्डारी उद्योग, भगवती चौधरी महिला, राजेन्द्र राई खानेपानी, हरिप्रसाद उप्रेती रक्षामन्त्री छन् ।

प्रकाशित : असार १९, २०८१ १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×