कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७३

बबई नदीमा महिलाको शव फेला

कमल पन्थी

बर्दिया — बर्दियाको गुलरिया नगरपालिका–२ बैरियाघाटस्थित बबई नदीको बीच भागमा महिलाको शव फेला परेको छ । 

बालुवा थुप्रिएको स्थानमा घोप्टो अवस्थामा, दाहिने हातमा डोरीले बाँधेको, दुवै कानमा पहेँलो प्लास्टिकको टप लगाएकी करिब ३५ वर्षीया महिलाको शव फेला पारेको प्रहरीले जनाएको छ ।

घाँटीमा रातो डोरीको माला लगाएको र शरीर सडेगलेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी तुल्सीराम अर्यालले बताए ।

पहिचान खुलाउनका लागि प्रहरीले सबैमा सहयोग गर्न अनुरोध गरेको उनले जनाए । शव जिल्ला अस्पताल, बर्दियामा शवघरमा राखिएको छ ।

प्रकाशित : असार २१, २०८१ २१:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वटा महानगरको पुँजीगत खर्च ५० प्रतिशत पनि नबढेकोबारे तपाईंको टिप्पणी के छ ?

×