कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय

काठमाडौँ — एमालेले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार बसेको सचिवालय बैठकले २४ घण्टाभित्र राजीनामा दिन आग्रह गरेको एमालेले बुधबार समर्थन फिर्ता लिएको हो ।

दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय

एमाले प्रमुख सचेतक महेश बर्तौलाले एमाले सरकारमा सहभागी मन्त्रीहरुले आजै प्रधानमन्त्री दाहालसमक्ष राजीनामा पत्र बुझाउने जानकारी दिए । 'राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि भएको सहमतिअनुसार त्यसका लागि मार्गप्रशस्त गर्न एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । प्रधानमन्त्रीलाई भेटेर आजै जानकारी गराउनुहुनेछ,' प्रमुख सचेतक बर्तौलाले भने ।

एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठसहित ८ जना मन्त्रिपरिषद्‌मा सहभागी छन् ।

प्रकाशित : असार १९, २०८१ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×