कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२

प्रकाश दाहाल स्मृति खुला बक्सिङ सुरु

काठमाडौँ — चौँथो प्रकाश दाहाल स्मृति राष्ट्रिय खुला बक्सिङ प्रतियोगिता सोमबारदेखि त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सुरु भएको छ ।

प्रकाश दाहाल स्मृति खुला बक्सिङ सुरु

प्रतियोगिताको राखेपका संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरे । प्रधानमन्त्री दाहालले दिवङ्गत प्रकाश दाहालको जन्मजयन्तीको अवसर पारेर सुरु गरिएको प्रतियोगितामा युवाको उपस्थितिले प्रकाश युवामाझ लोकप्रिय रहेको आफूले महसुस गरेको बताए ।

उनले यस प्रतियोगिताले बक्सिङ खेलमा थप योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । सो अवसरमा प्रधानमन्त्री दाहालले थाइल्यान्डमा भएको १९ औं विश्व मुवााथाई च्याम्पियनसिपको सेमी प्रो स्पर्धामा स्वर्ण जितेका गुणराज रुचाललाई सम्मान गरेका थिए ।

कार्यक्रममा पूर्वमन्त्री विना थापा मगर, राखेपका उपाध्यक्ष शिव कोइराला, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठ, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेलगायत उपस्थिति थिए ।

नेपाल बक्सिङ महासंघ र प्रकाश दाहाल प्रतिष्ठानको संयुक्त आयोजनामा भएको प्रतियोगितामा जिल्ला, क्लब, पुलिस क्लब, आर्मी र एपीएफ गरी ३१ टिमका १ सय ७५ खेलाडीको सहभागिता छ ।

नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारीले पुरुषमा १३ र महिलामा १० गरी २३ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ४० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिता असार २१ मा सम्पन्न हुनेछ ।

प्रकाशित : असार १७, २०८१ २२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×