कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

सापकोटाको ‘यात्राको लय' सार्वजनिक

काठमाडौँ — नियात्राकार एवं समीक्षक प्रदीप सापकोटाको नियात्रासंग्रह ‘यात्राको लय’ सार्वजनिक भएको छ । यो नियात्रामा विगतको सशस्त्र द्वन्द्वकालीन नेपाली समाजमा यात्राका क्रममा देखेभोगेका विद्रुप चित्रदेखि धार्मिक यात्रा र दार्जिलिङसम्मका यात्रा परिवेशलाई निजात्मक शैलीमा पस्किएको छ ।

सापकोटाको ‘यात्राको लय' सार्वजनिक

नेपाल स्रष्टा समाजले गरेको कार्यक्रममा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, प्राडा.लक्ष्मण गौतम, कवि एवं वरिष्ठ मनोचिकित्सक डा. अनन्त अधिकारी, पत्रकार तथा निबन्धकार दीपक सापकोटा, नियात्राकार जय छाङ्छा, समालोचक ज्ञानु अधिकारी, अन्नपूर्ण पोष्टका सम्पादक अखण्ड भण्डारी लगायतले उक्त कृति लोकार्पण गरे ।

थापाले पुस्तकका बारेमा संक्षेपमा चर्चा गर्दै सापकोटाका व्यक्तित्वका विविध आयामबारे जानकारी गराए ।

कार्यक्रममा समालोचक ज्ञानु अधिकारीले कृति पठनीय भएको र यसमा निजात्मक अनुभूति रहेको बताइन् । नियात्राकार जय छाङ्छाले कृतिका सैद्धान्तिक पक्षहरुको बारेमा चर्चा गरे ।

कार्यक्रममा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले नियात्रा थोरैले लेख्छन् तर लेखेका कुराहरुको चर्चा हुनुपर्ने ,नियात्राकारले सरोकारवालाह्ररुलाई झक्झकाएकोमा सुनुवाई भयो भएन फलोअप हुनु पर्ने विचार व्यक्त गरे । प्राध्यापक लक्ष्मण गौतमले नियात्राकारका सिद्धान्तका अध्येता र समालोचकहरुले नै कृतिको बारेमा चर्चा गरिसकेपछि कृति पठनीय भएको बुझ्न कठिनाई नभएको बताए ।

नियात्राकारले कृतिको रचना गर्भको बारेमा आफ्ना अनुभूतिहरु राखेका थिए । नियात्राकारको यो दोस्रो नियात्रा कृति हो । यसअघि उनका यात्राका इन्द्रेणी रंग (नियात्रासङग्रह) र मनको वारपार (मुक्तकासङग्रह) प्रकाशित भइसकेका छन् ।

प्रकाशित : असार १४, २०८१ १६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×