कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

राक्सिराङमा ७० जनाको मोतियाबिन्दुको नि:शुल्क शल्यक्रिया 

प्रताप विष्ट

हेटौंडा — मकवानपुरको दुर्गम राक्सिराङ गाउँपालिकामा ७० जना मोतियाबिन्दु रोगीको आइतबार नि:शुल्क शल्यक्रिया गरिएको छ  । राक्सिराङ गाउँपालिकाको केन्द्र चैनपुरमा रहेको प्रजा जागृति माध्यमिक विद्यालयमा आँखामा मोतियाबिन्दु भएकाहरुको निःशुल्क शल्यक्रिया गरिएको हो ।

राक्सिराङमा ७० जनाको मोतियाबिन्दुको नि:शुल्क शल्यक्रिया 

मोतियाबिन्दुले ढाकेर विगत एक वर्षदेखि दुवै आँखा नदेख्ने ९५ वर्षीया मन्जरीमाया चेपाङको शल्यक्रिया गरेर शिविर शुभारम्भ गरिएको थियो । ७० जनामध्ये ५ जनाको दुवै आँखाको शल्यक्रिया गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए ।

वाग्मती प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोग र राक्सिराङ गाउँपालिकाको व्यवस्थापनमा असार १२ देखि १५ गतेसम्म निःशुल्क आँखा शिविर संचालन गरिएको थियो । गाउँको सात स्थानमा संचालन गरिएको शिविरमा ५ सय ७८ जनाको आँखा परीक्षण गरिएको थियो । आँखा जाँच गर्ने क्रममा ८५ जनाको मोतियाबिन्दुका रोगी फेला परेका थिए ।

हेटौंडा आँखा अस्पतालका ११ जना विशेषज्ञ डाक्टरहरुको सहभागितामा मोतियाबिन्दुको शल्यक्रिया गरिएको कार्यक्रम संयोजक डाक्टर सिंहले जानकारी दिए ।


प्रकाशित : असार १६, २०८१ १९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×