कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८

४७ अंकले बढेकाे सेयर बजार २१०० अंकमा राेकियाे

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसुचक ४७ अंकले बढेको छ । आज २.२९ प्रतिशतले बढेको सेयर बजार २१ सय दशमलव ४३ विन्दुमा पुगेर रोकिएको हो । आज बजार खुलेको केही मिनेटमै नेप्से ४ प्रतिशतले बढेपछि सर्किट ब्रेकरमार्फत २० मिनेटका लागि कारोबार रोकिएको थियो । 

४७ अंकले बढेकाे सेयर बजार २१०० अंकमा राेकियाे

फेरि २० मिनेटपछि खुलेको सेयर बजार ५ प्रतिशतले बढेको थियो । दोस्रो घण्टामा ५ प्रतिशतले बजार बढेपछि ४० मिनेटका लागि कारोबार रोकिएको थियो । खुलेको बजार ६ प्रतिशतले बढेको खण्डमा तेस्रो सर्किट ब्रेकरमार्फत आजका लागि कारोबार बन्द हुने थियो । बजार नबढ्दा दिनभर कारोबार भयो ।

आज १ करोड १६ लाख ४५ हजार ९ सय ५ कित्ता सेयर किनबेच भएको छ । आज कुल ४ अर्ब ५७ करोड ६८ लाख रुपैयाँको कारोबार भएको हो । सबै उपसमूहहरु बढ्यो । त्यसमध्ये सबैभन्दा बढी निर्जिवन बिमा २५३.९९ अंकले बढ्यो । जीवन बिमा २१३.३६ अंक र उत्पादन तथा प्रशोधन २०९.८० अंकले बढ्यो ।

आज कुल २२७ कम्पनीको सेयर मूल्य बढ्यो भने १७ कम्पनीको सेयर मूल्य घट्यो । ३ कम्पनीको सेयर मूल्य स्थिर रह्यो । आज हिमालय डिस्टिलरीको सेयर मूल्य ८.५४ प्रतिशतले बढ्यो । समाज लघुवित्त वित्तीय संस्थाको मूल्य ६.९६ प्रतिशतले बढ्यो । उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.४६ प्रतिशतले घट्यो ।

प्रकाशित : असार १८, २०८१ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×