कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

मुकुल ढकालको प्रतिवेदन : 'पुँजी नभएको मान्छेलाई रास्वपामा स्थान भएन' [पूर्णपाठ]

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा मुकुल ढकालले पार्टीमा पुँजी नभएको मान्छेलाई पार्टीमा स्थान नभएको बताएका छन् । 

मुकुल ढकालको प्रतिवेदन : 'पुँजी नभएको मान्छेलाई रास्वपामा स्थान भएन' [पूर्णपाठ]

समीक्षा यात्राको प्रतिवेदनमा ढकालले उक्त विषय उल्लेख गरेका हुन् । उनले लेखेका छन्, 'पुँजी नभएको मान्छेलाई पार्टीमा स्थान भएन । पैसा भएका मान्छे मात्र पार्टीमा आकर्षित भइरहेका छन् । गरिबहरूले राजनीति गर्ने होइन, अलिकति कमाइ छैन भने राजनीतिमा किन लाग्नु पर्‍यो भन्ने भनाइ पार्टीको उपल्लो तहको नेतृत्वबाट नै सुनियो ।'

ढकालले पार्टीलाई एलिट वर्गको पार्टीको रूपमा मात्र स्थापित गराउने काम भएको लेखेका छन् । पार्टी नै पैसावालाहरुको कब्जामा गएको उनको ठहर छ । 'वास्तवमा आज पार्टी एलिट वर्गको कब्जामा गइसक्यो । गरिब मान्छेले राजनीति गर्न हुँदैन भन्ने जबर्जस्त भाष्य पार्टीमा स्थापित गराइएको छ,' उनले लेखेका छन्, 'यस हिसाबमा कार्ल मार्क्स यदि जीवित भएको भए पनि रास्वपामा स्थान नहुने रहेछ । गरिब नेपालीलाई पनि यो देशको प्रधानमन्त्री हुने अधिकार छ भन्ने तथ्यलाई पार्टीले स्वीकार गर्नुपर्छ ।'

ढकालले यो प्रतिवेदन केही दिनअघि सभापति रवि लामिछानेलाई बुझाएका थिए । प्रतिवेदनमा लेखिएका कुरा पार्टी नीतिविपरीत सार्वजनिक गरेको लगायतको आरोपमा ढकाललाई बुधबार राति रास्वपा केन्द्रीय समितिले महामन्त्री पदबाट ७ दिनका लागि निलम्बन गरेको छ ।

ढकालको प्रतिवेदनको पूर्णपाठ

प्रकाशित : असार २०, २०८१ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×