कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

लुम्बिनीमा एमालेका मन्त्रीले राजीनामा दिँदै

(देउखुरी) दाङ — लुम्बिनी प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का मन्त्रीहरुले आज राजीनामा दिँदैछन् । एमाले संसदीय दलका उपनेता एवं आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले आज बेलुका ६ बजेतिर मुख्यमन्त्री जोखबहादुर महरालाई राजीनामा बुझाएर सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी रहेको बताए । 

लुम्बिनीमा एमालेका मन्त्रीले राजीनामा दिँदै

एमालेबाट आचार्यको नेतृत्वमा दिनेश पन्थी आन्तरिक मामिला तथा कानून मन्त्री, भूमीश्वर ढकाल सहरी विकास तथा खानेपानी मन्त्रालय, अर्जुन कुमार केसी वन तथा वातावरण मन्त्रालय र रत्नबहादुर खत्री सामाजिक विकास मन्त्री रहेका छन् ।

'केन्द्रको निर्देशन अनुसार आजै मुख्यमन्त्रीलाई निवासमा भेटेर हामी सबैले मन्त्री पदबाट राजीनामा बुझाएर समर्थन फिर्ता लिन्छौं,’ मन्त्री आचार्यले भने, 'पाँचै जनाले राजीनामा बुझाउँदैछौं ।’

२०८० चैत २३ गते माओवादी संसदीय दलका नेता जोखबहादुर महरा एमाले–माओवादी गठनबन्धनबाट मुख्यमन्त्रीमा नियुक्त भएका थिए । एमालेका २९, माओवादीका १०, नागरिक उन्मुक्ती पाटीका चार, जसपा तीन, नेकपा एकीकृत समाजवादीकी एक र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका महरा केन्द्रमा कांग्रेस–एमाले सत्ता समीकरण भएपछि लुम्बिनीमा एमाले सरकारबाट बाहिरिदा मुख्यमन्त्री महरा अल्पमतमा पर्छन् ।

८७ सासद संख्या रहेको लुम्बिनी प्रदेशसभामा नयाँ सरकार बनाउन बुहमत ४४ सांसद भए पुग्छ । एमालेका २९ र कांग्रेसका २७ गरी ५६ सांसद संख्या रहन्छ ।

प्रकाशित : असार २०, २०८१ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×