कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

सुदूरपश्चिम सरकारबाट बाहिरिने एमालेको निर्णय 

अर्जुन शाह

धनगढी — नेकपा (एकीकृत समाजवादी) नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा मुख्य साझेदार दल नेकपा (एमाले)ले समर्थन फिर्ता लिने निर्णय गरेको छ । साथै मन्त्रीहरुले राजीनामा दिने निर्णय गरेका छन् । 

सुदूरपश्चिम सरकारबाट बाहिरिने एमालेको निर्णय 

बिहीबार दिउँसो संसदीय दलको बैठकबाट समर्थन फिर्ता र मन्त्रीहरुको राजीनामा दिने निर्णय भएको संसदीय दलका नेता राजेन्द्रसिंह रावलले बताए । ‘केहीबेरमा पत्र बुझाउन मुख्यमन्त्री कार्यालय जाने तयारी छ,’ रावलले भने । एमालेले समर्थन फिर्ता लिने निर्णय गरेसँगै मुख्यमन्त्री दीर्घबहादुर सोडारी अल्पमतमा परेका छन् ।

एमालेबाट सोडारी सरकारमा तीन जना मन्त्री छन् । सुरेन्द्रबहादुर पाल आर्थिक मामिला, विरबहादुर थापा वन वातावरण तथा सहकारी र हीरा सार्की आन्तरिक मामिलामन्त्री छन् । उनीहरु मन्त्री नियुक्त भएको एक महिना पनि पुगेको छैन । जेठ २८ गते मन्त्री नियुक्त भएका उनीहरुमध्ये पाललाई मात्रै मन्त्रालय तोकिएको थियो । त्यसबेला बिनाविभागीय मन्त्री नियुक्त भएका थापा र सार्कीलाई असार १६ गते विभागीय जिम्मेवारी तोकिएको थियो । अर्थात् थापा र सार्की ४ दिनमात्रै विभागीय मन्त्री भएका छन् ।

एमाले, नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी (रञ्जिता श्रेष्ठ समूह) र एक जना स्वतन्त्र सांसदको समर्थनमा वैशाख ६ गते सोडारी मुख्यमन्त्री नियुक्त भएका थिए । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा एमालेका ११, माओवादीका १०, एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिका २ र १ जना स्वतन्त्र सांसदले जेठ ३ गते विश्वासको मत दिएका थिए ।


प्रकाशित : असार २०, २०८१ १७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×