प्रधानमन्त्री केपी शर्मा ओलीले ६४ प्रतिशत सांसदको समर्थन प्राप्त प्रधानमन्त्रीका हैसियतले आफूले अन्य विकल्प नभएपछि प्रतिनिधिसभा विघटन गरेको दोहोर्याएका छन् । उनले संसद् चल्न नदिएर निकम्मा बनाउन खोज्ने अवस्था आएपछि ताजा जनादेशका लागि जानुपरेको बताए ।
नेकपा ओली समूहले शुक्रबार धनगढीमा आयोजना गरेको प्रदेश स्तरीय आमसभामा ‘निर्मलाको बलात्कारी खै ?’ लेखिएको टि–सर्ट लगाउने सात जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार धनगढीमा आयोजित नेकपा ओली समूहको आमसभालाई सम्बोधन गर्दै दाहाल–नेपाल समूहलाई भगौडाकाे संज्ञा दिएका छन् । उनले पार्टी छाडेर गएका भगौडाका पछाडि नलाग्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार आयोजना हुन लागेको नेकपाको पार्टी कार्यक्रमलाई सम्बोधन गर्न धनगढी आइपुगेका छन् । यतिबेला धनगढी र आसपासको सुरक्षा व्यवस्थालाई अत्यन्त कडा पारिएको छ ।
प्रतिनिधिसभा निर्वाचनमा शेरबहादुर देउवा र रेशम चौधरीबाहेक सबै १४ सिटमा नेकपा गठबन्धनले जित्दा पनि झन्डै तीन वर्षअघि गठित प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा सुदूरपश्चिमले मुस्किलले एक जना मात्रै मन्त्री पायो । त्यो पनि पुष्पकमल दाहालको कोटामा उनकै बुहारी बिना मगर मन्त्री भइन् । तत्कालीन एमाले पृष्ठभूमिबाट आएका सांसदमध्ये कसैले पनि मौका पाएनन् ।
सुदूरपश्चिमका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार पत्रकार सम्मेलन गरी पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
सुदूरपश्चिममा नेकपा संसदीय दलको बैठकमा ३० जना सांसद दहाल–नेपाल पक्षमा उभिएका छन् भने ओली पक्षमा ६ जना देखिएका छन् । सभामुख र उपसभामुखबाहेक ३७ जना नेकपा सांसद रहेको सुदूरपश्चिम संसदीय दलको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहरा भने धनगढी बाहिर भएकाले अनुपस्थित थिए ।
नेकपा (दहाल–नेपाल) पक्षधर नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीमा ‘म नै राज्य हुँ’ भन्ने भ्रम पलाएको बताएका छन् । उनले विगतका कठोर निरंकुशताहरुलाई जनताले बडारेर फालेका बेला ५ वर्षका लागि निर्वाचित भएका ओलीलाई आफ्नो निरंकुशता चल्ला भन्ने कस्तो भ्रम पलाएको होला भन्ने प्रश्न गरे ।
सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई पदबाट हटाएका छन् । नेकपामा आएको विभाजनसँगै ओली पक्षधर रहेका बोहरालाई मंगलबार बिहान जिम्मेवारीबाट हटाइएको हो ।