तालिममा ग्रिनेड विस्फोटका घाइते एक सैनिकको मृत्यु

कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित जालपा सामुदायिक वन क्षेत्रमा फायरिङमा ग्रिनेड पड्काउने क्रममा बिहीबार दुई सैनिक घाइते भएका थिए ।

असार ११, २०८३

अर्जुन शाह

Soldier injured in grenade explosion during training dies

धनगढी — कैलालीमा सैन्य तालिमका क्रममा ग्रिनेड पड्केर घाइते भएका नेपाली सेनाका हुद्दा हिमालबिक्रम बिष्टको मृत्यु भएको छ । 

तालिमका क्रममा बिहीबार बिहान ग्रिनेड पड्केर सहसेनानी हिमराज जोशी र हुद्दा हिमालबिक्रम बिष्ट घाइते भएका थिए । सहसेनानी जोशीलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित जालपा सामुदायिक वन क्षेत्रमा फायरिङका क्रममा ग्रिनेड पड्काउने क्रममा बिहीबार उनीहरु घाइते भएका थिए । 

जिल्ला प्रहरी प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार बिहीबार बिहान सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोराङ्गे ब्यारेक चिसापानीबाट सञ्चालन गरिएको फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट भएको हो । घाइते दुबै जनाको गोराङ्गे ब्यारेकमै प्रारम्भिक उपचार गरिएको थियो । 

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully