कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

२३ निर्माण व्यवसायीको लाइसेन्स खारेज

काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २३ निर्माण व्यवसायीको लाइसेन्स खारेज गरेको छ । बिहीबार एक सूचना जारी गर्दै ०८० चैतमसान्तसम्म निर्माण व्यवसायी इजाजतपत्र नविकरण नगरेकाले स्वतः खारेज भएको जनाएको छ । 

२३ निर्माण व्यवसायीको लाइसेन्स खारेज

निर्माण व्यवसाय ऐन २०५५ को दफा ७ को उपदफा ३ बमोजिम २३ वटा निर्माण व्यवसायीको इजाजतपत्र स्वतः खारेज भएको मन्त्रालयले जनाएको छ ।सोही ऐनको दफा ७ को उपदफा ३ मा म्यादभित्र नविकरण नभएको इजाजतपत्र स्वतःखारेज हुने उल्लेख छ।

फ्युचर स्टार कन्स्ट्रक्सन, हिमालयन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनी, भूमि इन्फ्रास्ट्रक्चर, मदन कन्स्ट्रक्सन, असन बालकुमारी कन्स्ट्रक्सन, ढोरफिर्दी निर्माण सेवालगायत २३ वटा निर्माण व्यवसायीको लाइसेन्स खारेज भएको हो ।

निर्माण व्यवसाय ऐन २०५५ को दफा ५ को उपदफा २ मा इजाजतपत्रको अवधि समाप्त भएको प्रत्येक निर्माण व्यवसायीले इजाजतपत्रको अवधि समाप्त भएको मितिले तीन महिनाभत्र तोकिएको बमोजिमको शुल्क तिरेर इजाजतपत्र नविकरण गराउनु पर्ने उल्लेख छ ।

दफा ५ काे उपदफा ३ मा म्याद नाघेको ६ महिनाभित्र इजाजतपत्र नवीकरण गराउन चाहने निर्माण व्यवसायीले तोकिए बमोजिमको थप दस्तु तिरेर इजाजत पत्र नविकरण गर्न सकिने उल्लेख छ ।

लाइसेन्स खारेज भएका निर्माण व्यवसायीहरुकाे सूचीसहित

प्रकाशित : असार २०, २०८१ १४:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×