कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

समस्याग्रस्त २९ सहकारीका सञ्चालकलाई अनुसन्धानमा सघाउन छानबिन समितिको निर्देशन

काठमाडौँ — सहकारीको बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले समस्याग्रस्त २९ वटै सहकारीका सञ्चालकहरुलाई समितिमा उपस्थित हुन निर्देशन दिएको छ । बिहीबार सिंहदरबारमा बसेको संसदीय छानबिन विशेष समितिले अनुसूचीमा रहेका २९ वटै सहकारीका सञ्चालकलाई समितिमा उपस्थित भइ अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको हो ।

समस्याग्रस्त २९ सहकारीका सञ्चालकलाई अनुसन्धानमा सघाउन छानबिन समितिको निर्देशन

समितिका संयोजक सूर्यबहादुर थापाले अनुसूचीमा रहेका २९ वटै सहकारीका सञ्चालकहरुलाई समन्वय गर्न र समितिको सम्पर्कमा आएर अनुसन्धानमा सहयोग पुर्‍याउन आग्रह गर्ने निर्णय भएको बताए ।

उनले भने, ‘आज हामीले महालेखापरीक्षक तोयम राय, सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक कमलप्रसाद भट्टराई र सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेसहितका अधिकारीहरुसँग छलफल गर्‍यौँ । महालेखाको ६० औं र ६१ औं प्रतिवेदनमा पनि सहकारी क्षेत्रका समस्याका बारेमा उल्लेख भएको छ । २०७५ सालदेखि नै महालेखका प्रतिवेदनहरुमा सहकारी क्षेत्रमा देखापरेका समस्याहरुका सन्दर्भमा उल्लेख भएको पाइन्छ । यद्यपि महालेखाको सिधै कार्यक्षेत्र सहकारी संस्थासँग जोडिँदैन । नियमनकारी निकाय छ । तर त्यसलाई चाहिने श्रोत, साधन, जनशक्ति छैन । वित्तीय विषय हेर्नुपर्ने छ, प्रशासनिक जनशक्ति छ, न्युन जनशक्ति छ, कानून बमोजिमका संयन्त्र बनेका छैनन् । यस्ता समस्याहरुले सहकारी नियमन कमजोर भएको पाइएको छ ।'

बैठकले समितिको कार्यक्षेत्रमा परेका २९ वटा सहकारीहरुका विषयमा छलफल गर्दै ती सहकारीका सञ्चालकहरुलाई समितिको अनुसन्धानमा सहभागी भएर सहयोग गर्न आग्रह गरेको छ ।

प्रकाशित : असार २०, २०८१ १५:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×