कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

पोखरीमा डुबेर तीन बालिकाको मृत्यु

सन्तोष सिंह

धनुषा — धनुषाको धनौजीस्थित पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ ।  धनौजी गाउँपालिका-५ बअुहर्वाका कलिम खानकी छोरी अजमेरी खातुन, हलिम खानकी छोरी जिनत खातुन र अब्दुल खानकी छोरी मुस्कान खातुनको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन अवाले बताए । मृत्युहुनेहरु सबै १० देखि १२ वर्ष उमेर समूहका रहेको अवाले बताए ।

बिहिबार दिउँसो सवा १२ बजेतिर घोंघाउन पोखरीमा बालिकाहरुलाई डुबिरहेको अवस्थामा स्थानीयले देखेपछि उद्धार गरेका थिए । उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउने क्रममा उनीहरुको मृत्यु भएको हो ।

बालिकाहरुको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार २०, २०८१ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×