कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

बीआरआई अघि बढाउने सरकारको नीति हो : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ — उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चीनसँगको बीआरआई परियोजनालाई अघि बढाउने सरकारको नीति रहेको बताएका छन् । 

बीआरआई अघि बढाउने सरकारको नीति हो : उपप्रधानमन्त्री श्रेष्ठ

बिहीबार राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उपप्रधानमन्त्री श्रेष्ठले सो परियोजना दुवै देशको हित हुने गरी अघि बढाउने गरी समझदारी भएको स्मरण गराए ।

उनले सो परियोजनामा अनुदान र ऋण दुवै हुने गरी योजनाहरु अघि बढाउन समझदारी भएको समेत जानकारी दिए ।

उनले भने, ‘बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनामा २०१७ मै समझदारी पत्रमा हस्ताक्षर भएको हो । त्यस पछाडि लगातार छलफल हुँदै आयो । र त्यसको मस्यौदा तयार भयो । त्यो मस्यौदा तयार भईसकेपछि त्यो मस्यौदा करिव-करिव अन्तिम स्थितिमा पुगेको छ । त्यसमा हस्ताक्षर गर्ने हाम्रो नीति हो । नेपाल र चीनको बीचमा बीआरआई कार्यान्वयन योजनालाई अन्तिम रुप दिएर हस्ताक्षर गर्ने सरकारको नीति रहेको छ । यसमा कुनै द्विविधा छैन ।'

उनले बीआरआई परियोजना ऋण हो कि अनुदान हो भनेर प्रश्नहरु उठाउने गरिएको भन्दै त्यसबारे परियोजना कार्यान्वयन योजनाले प्रष्टसँग बोल्ने बताए । 'केही प्रश्नहरु उठाउने गरिएको छ। यो ऋण हो कि अनुदान हो ? यो विषयमा छलफल नगरी हस्ताक्षर गर्नु भएन भन्ने कुरा आउने गरेको छ । यो बीआरआई इन्पिलिमेन्टेशन प्लान भनेको प्रोजेक्ट प्लान होइन । यो चाँहि समझदारीकै विस्तारित व्याख्यात्मक रुप हो । यसमा कुन प्रोजेक्ट ऋणमा लिने वा अनुदानमा भन्ने विषयमा छलफल हुँदैन । यसमा नीतिगत रुपमा के भनिएको छ भने अनुदान पनि, सहुलियतपूर्ण ऋण पनि हुन सक्छ । दुवै देशले सहमति गरेका सहयोगको मोडालिटीको मापदण्ड अनुसार दुवै देशको हित अनुरुप योजनाहरु संचालन हुनेछन् ।’

प्रकाशित : असार २०, २०८१ १७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×