कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

रारा तालमा डुबेर युवकको मृत्यु 

काठमाडौँ — जिल्लास्थित पर्यटकीय स्थल रारा तालमा डुबेर एक युवकको मृत्यु भएको छ । छायाँनाथ रारा नगरपालिका कार्कीबाडा गाउँका अन्दाजी २१ वर्षीय शिशिर रावल रारा तालको पूर्वपट्टी ठाकुरनाथको मन्दिर नजिक तालमा डुबेर मृत भेटिएको भएको रारा राष्ट्रिय निकुञ्ज संरक्षण अधिकृत राजु घिमिरेले जानकारी दिए ।

रारा तालमा डुबेर युवकको मृत्यु 

उनका अनुसार गाउँले साथीसित तालमा पौडी खेल्ने क्रममा डुबेर रावलको डुबेर मृत्यु भएको हो ।

निकुञ्ज संरक्षण अधिकृत घिमिरेका अनुसार तालमा एक जना युवक बेपत्ता भएको भन्ने खबर आएपछि निकुञ्जबाट कर्मचारी र रारा हुटु हनुमानध्वज गुल्मका नेपाली सेनाका जवान गएर तालको छेउछाउ हेर्दा रावल डुबेर मृत अवस्था फेला परेका हुन् । तालबाट लास निकाल्न जिल्ला प्रहरी कार्यालयलाई खबर गरिसकेको उनले बताए ।

रारा राष्ट्रिय निकुञ्ज कार्यालयले तालमा माछा मार्न र पौडी खेल्न प्रतिबन्ध लगाएको छ ।


प्रकाशित : असार २०, २०८१ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×