कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : भुसाल

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी)का निवर्तमान महासचिव घनश्याम भुसालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने बताएका छन् । बिहीवार महाधिवेशनस्थल कमलादीमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै निवर्तमान महासचिव भुसालले आफूहरु दाहाल नेतृत्वको वर्तमान सरकारबाट फिर्ता नहुने बताए ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : भुसाल

उनले प्रधानमन्त्रीलाई आफूहरुको समर्थन जारी रहेको बताए । पार्टीको नेतृत्व सर्वसहमतिमा टुंग्याउने प्रयास भइरहेको उनले बताए ।

उनले महाधिवेशनबाट निस्कँदै गर्दा पार्टीलाई एकतावद्ध र उत्साहित कसरी बनाउने भन्नेमा नै प्रतिनिधिहरुको चासो, चिन्ता र संकल्प रहेको भन्दै आफूहरु त्यसै अनुरुप अगाडि बढेको बताए । नेतृत्व सर्वम्मत चयन गर्नका लागि समय लागेको भन्दै परिणाम भने राम्रै आउने उनको भनाई छ ।

उनले भने, ‘महाधिवेशनबाट हामी निक्लँदा एकताबद्ध, उत्साहित भएर कसरी निक्लन सक्छौँ भन्ने बारेमा हामीले छलफल गर्दै छौँ । सबै प्रतिनिधिहरुको चासो, चिन्ता, सङ्कल्प, प्रयत्न त्यही नै हो । त्यसमा हामी निराश छैनौँ । अलिकति समय लागेको छ, तर परिणाम राम्रै आउँछ भन्ने मलाई लाग्छ । निर्वाचन हुँदा पनि हामी सर्वसहमतीमै निर्वाचनमा जान्छौँ । निर्वाचनको मूल्य, प्रक्रिया मानेरै जान्छौँ । सकेसम्म त्यो पनि नहोस् भन्ने कुरा त हामीले पहिलेदेखि नै भन्दै आएका छौँ । निर्वाचनमा जान नपरिकन सर्वसम्मतिमै सबै मामिला टुंग्याउन प्रयास भइरहेको छ ।'

प्रकाशित : असार २०, २०८१ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×