कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

दाहाल नेतृत्वको सरकारले दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्नु/नगराउनू : एमाले

काठमाडौँ — नेकपा (एमाले)ले सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न/ नगराउन ध्यानाकर्षण गरेको छ ।

दाहाल नेतृत्वको सरकारले दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्नु/नगराउनू : एमाले

बिहीबार एमाले महासचिव शंकर पोखरेलले एक प्रेस विज्ञप्ति जारी गर्दै संसद्का दुई ठूला दल एमाले र कांग्रेस नयाँ सरकार गठनका लागि सहमत भएको अहिलेको परिस्थितिमा वर्तमान प्रधानमन्त्री दाहालले विश्वासको मत पाउने अवस्था नरहेको हुँदा दाहाल नेतृत्वको सरकारले दीर्घकालीन असर पर्ने कुनै निर्णय नगर्न र नगराउन ध्यानाकर्षण गराएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, 'संसद्का दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेसबीच नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने समझदारी भएको र वर्तमान सत्ता समीकरणको प्रमुख दल नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूले राजिनामा समेत दिइसक्नुभएको अवस्थामा सरकार स्पष्टतः अल्पमतमा परेको अवस्था छ । संसदका दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेस नयाँ सरकार गठनका लागि सहमत भएको अहिलेको परिस्थितिमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वासको मत पाउने अवस्था नरहेको हुँदा अल्पमतमा परेको सरकारबाट दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न/नगराउन नेकपा (एमाले) सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को ध्यानाकर्षण गर्दछ । साथै, राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रियामा सहभागी हुन र सहयोग गर्न पुनः अनुरोध गर्दछ ।'

प्रकाशित : असार २०, २०८१ १५:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×